Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

योगेश र रामकुमारीले टेरेरन् ओलीलाई, बुझाएनन् स्पष्टिकरण !


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख १० २०७८
  • 5.9K
    SHARES

काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता योगेशकुमार भट्टराई र रामकुमारी झाँक्रीसहित ५ जनाले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सोधेको स्पष्टीकरण बुझाएका छैनन् । स्पष्टीकरण नबुझाउनेमा भट्टराई, झाँक्री, मेटमणि चौधरी, निरा जैरु र दीपक भट्ट रहेका छन्।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकमा भट्टराई र झाँक्रीसहित पाँच नेताले स्पष्टीकरण नबुझाएको जानकारी दिइएको हो । यसअघि गत वैशाख ६ गते एमाले अध्यक्ष ओलीको नेतृत्वमा बसेको बैठकले माधव–झलनाथ समूहका २७ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

वरिष्ठ नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई दुई दिनभित्र र अरुलाई तीन दिनभित्र स्पष्टीकरण दिन भनिएको थियो ।एमाले संसदीय दलका प्रमुख सेचतक विशाल भट्टराईका अनुसार स्पष्टीकरण नबुझाए कारवाही प्रक्रिया अघि बढ्ने छ।

आजको बैठकमा अध्यक्ष ओलीले आफूले सोधेको स्पष्टीकरणको जवाफमा धेरैको जवाफ नरम रहेको बताएका छन् ।

स्पष्टिकरणको जवाफ दिँदै सिन्धुलीका गणेश पहाडी र दाङका हिराचन्द्र केसीले भने मूलधारमा लाग्ने प्रतिबद्धता जनाएका छन् भने सुनसरीका जयकुमार राई, पाल्पाका सोम पाण्डे र रौतहटकी कल्याणी खड्काले नरम रुपमा जवाफ फर्काएको पनि ओलीले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४