Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एक वर्षमै दुर्घटना उन्मुख जसपा : ‌जुटाइदिने‍ पनि ओली, फुटाइदिने पनि ओली !


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख १० २०७८
  • 5.9K
    SHARES

काठमाडौं / तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी मिलेर जनता समाजवादी पार्टी बनेको एक वर्ष पुगेको छ । तर, जुन उद्देश्यका साथ पार्टी गठन गरिएको थियो, त्यो उद्देश्य भने एक वर्षमा पूरा नभएको देखिन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएका कारण हतार–हतार बनेको पार्टी अहिले भने प्रधानमन्त्री ओलीकै लागि विभाजित हुने खतरामा परेको छ । पार्टी एकताको वर्षगाँठ मनाइरहँदा जसपाका नेताहरूले मुद्दालाई भजाएर सत्ताको बार्गेनिङ गर्ने चरित्र निर्माण गरेको आक्षेप लागेको छ ।

हुन पनि प्रधानमन्त्री केपी शर्मा ओलीको कुर्सी जोगाउने र ढाल्नेमा पार्टीभित्र खेमागत ध्रुवीकरण छ । जसरी ओलीको एउटा अध्यादेशले पार्टी एक भयो त्यसरी नै ओलीकै कारणले पार्टी फुट्न लाग्यो भन्ने मत पनि कम छैन ।

एक वर्ष नपुग्दै यतिबेला पूर्व समाजवादी र पूर्व राजपा खेमामा बाँडिएको छ । कित्ताकाट पनि यतिसम्म हुन थालेको छ कि भएका ३२ सांसदमध्ये करिव २० सांसद महन्थ ठाकुरसँग लागेका छन् । उनीहरू ओलीको कुर्सी जोगाउन प¥याप्त भएको हिसाब हुन थालेको छ । अध्यक्ष महन्थ ठाकुर निकट नेताहरू ओली सरकारले आफ्ना मुद्दा सम्बोधन गर्न थालेको दाबी गरिरहेका छन् ।

१६ थान मुद्दा अझै फिर्ता प्रक्रियामा रहेको उनीहरू बताउँछन् । सांसद रेशम चौधरीको न्यायिक मुद्दा पनि यही सरकारले पूरा गर्नेमा नेताहरू ढुक्क छन् ।

त्यसो त एकीकृत भए पनि पार्टी समायोजनको ९० प्रतिशत काम बाँकी नै छ । गत कात्तिक ४ गते सम्पन्न केन्द्रीय कार्यकारीणी बैठकले कार्यदल बनाएर मंसिरभित्र पार्टी समायोजनको सम्पूर्ण काम सक्न भनेको थियो । तर, समयोजनले कछुवाको गति पनि समात्न सकेको छैन ।

हालसम्म कर्णाली बाहेक ६ प्रदेश र ७५ जिल्लामा सामायोजनको काम बाँकी छ । बाँकी काम हुन्छ भन्नेमा स्वयम् नेताहरू आशावादी छैनन् । एकताको बेला जुन ‘भाइब्रेसन’ कार्यकर्तामा आएको थियो त्यो समय क्रममा शिथिल त भएको थियो नै त्यसमाथि सत्तासमीकरणको खेलले एकीकृत पार्टी नै दुर्घटनाको खतरामा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४