Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख १० २०७८
  • 6.8K
    SHARES

काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दैछ ।

पार्टी विभाजनको संघारमा पुगेका बेलामा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एमाले बैठक बस्न लागेको हो ।

बैठकअघि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधव नेपाल र वामदेव गौतमसँग छुट्टाछुट्टै भेटवार्ता गरे पनि विवाद मिल्न सक्नु भएको छैन ।

अध्यक्ष ओलीले नेता नेपाललाई बैठकमा आएर आफ्ना असन्तुष्टि राख्न आग्रह गरेपनि नेता नेपालले फागुन २८ को निर्णय फिर्ता नलिएसम्म स्थिति सहज बन्न नसक्ने जवाफ दिनुभएको छ ।

वार्ता सफल नभएपछि बैठकमा खनाल नेपाल र गौतम पक्ष सहभागी नहुने बताइएको छ ।

आजको बैठकलाई बैशाख ६ गतेको बैठकको निरन्तरताका रुपमा हेरिएको छ । साथै आजको बैठकमा पार्टीको साङ्गठानिक र राजनीतिक प्रतिवेदनमाथि पनि छलफल हुने बुझिएको छ ।

बैशाख ६ गतेको बैठकले खनाल नेपाल पक्षीय प्रतिनिधिसभाका २७ जना र कर्णाली प्रदेशका ५ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

जसमध्ये खनाल नेपालसहित केही सांसदले स्पष्टीकरण पनि बुझाइसकेका छन् ।

एमाले संसदीय दल प्रमुख सचेतक विशाल भट्टराईले उनीहरुले बुझाएको स्पष्टीकरणलाई विश्लेषण गरेर थप कारबाही अगाडी बढाइने बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४