Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा कुन पार्टीको कति मतदाता ?


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख ९ २०७८
  • 9.7K
    SHARES

काठमाडौं । निर्वाचन आयोगले रिक्त रहेको राष्ट्रियसभा सदस्य पदमा जेठ ६ गते उपनिर्वाचन गर्ने भएको छ ।

बिहीबार बसेको आयोगको बैठकले वाग्मती प्रदेश अन्तर्गतको अन्य समूहतर्फबाट रिक्त राष्ट्रियसभा सदस्य पद पदपूर्तिका लागि उपनिर्वाचन घोषणा गरेको हो ।

यो समूहमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादल हालै दल त्याग गरेका कारण पदमुक्त भएका थिए ।

अब उपनिर्वाचन हुँदा सो पदमा नेकपा एमालेबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नै पुनः उम्मेदवार बन्ने चर्चा छ ।

‘राष्ट्रिय सभाको रिक्त स्थानमा बादल कमरेड नै उठ्ने हो । उहाँलाई नै उठाउने हो’ नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलका नेता सुमनराज प्याकुरेलले भने ।

यद्यपि एमालेले उक्त पदमा कसलाई उम्मेदवार बनाउने भन्नेबारे निर्णय गरेको छैन ।

वाग्मती प्रदेशमा दलहरुको अंकगणित

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मात्र मतदान गर्न पाउनेछन् ।

वाग्मती प्रदेशसभा सदस्य ११० जना र प्रदेशका १३ जिल्लाका ११९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३८ जनाले मतदान गरी वाग्मती प्रदेशबाट निर्वाचित हुने राष्ट्रियसभा सदस्य चयन गर्छन् । त्यसैले राष्ट्रियसभा सदस्य निर्वाचनमाको निर्वाचित हुन्छ भन्ने विषय पूर्वानुमानयोग्य नै हुन्छ । तर नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षबीचको बेमेलका कारण राष्ट्रियसभा सदस्य निर्वाचनमा पनि फ्लोर क्रस हुने कतिपयको आँकलन छ ।

११० सदस्यीय प्रदेशसभामा एमालेका ५६, माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २३, विवेकशील साझा पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका २/२ जना छन् । जनता समाजवादी पार्टीबाट निर्वाचित १ जना हाल कांग्रेस तिर छन् ।

एमालेका ५६ जना सांसद केपी शर्मा ओली र माधव नेपाल पक्षमा विभाजित छन् ।

गत पुस १० गते मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याउँदा एमाले माधव पक्षका २२ जना र माओवादी केन्द्रका २३ जनाले हस्ताक्षर गरेका थिए । यसलाई आधार मान्ने हो भने हाल प्रदेश सभामा केपी शर्मा ओली पक्षमा ३२ र माधव नेपाल पक्षमा २२ जना सांसद प्रदेश सभा सदस्य छन् ।

यस्तै, स्थानीय तहका २३८ मतदातामध्ये एमालेको १३३ जना, कांग्रेसको ६७, माओवादी केन्द्रको ३३, राप्रपाको २, नेमकिपा २ र जसपाका १ जना छन् ।

१३३ मा ओली पक्ष र माधव नेपाल पक्षका कति कति छन् भनेर छुट्याउन गाह्रो रहेको नेताहरु बताउँछन् ।

वाग्मती प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य भन्छिन्, ‘प्रदेश सभाको करिब करिब प्रष्टै छ । केही संख्या यताउति भइहाल्छ तर, स्थानीय तहको हकमा यसै भन्न सकिने अवस्था छैन ।’

तथापि, आफूहरु (माधव नेपाल समूह) तर्फ स्थानीय तहका केही जनप्रतिनिधि रहेको शाक्यको दाबी छ ।

तथ्याङ्कले वाग्मती प्रदेशमा एमालेको राष्ट्रिय सभा सदस्यको उपचुनावका मतदाता बहुमतमा रहेको देखाउँछ ।

तर, एमाले पुरै एकढिक्का भएर भोट दिन्छन् भन्नेमा आशंका छ ।

कर्णाली प्रदेशमा माओवादी केन्द्रको नेतृत्वको सरकार एमाले ओली पक्षले ढाल्न खोज्दा एमाले माधव नेपाल पक्षले बचाइदिएको खबर ताजै छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४