Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पर्सामा संक्रमितहरु बढ्दै जाँदा बेड अभाव हुन थाल्यो


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख ९ २०७८
  • 4.5K
    SHARES

पर्सा । पछिल्लो केहिदिन यता कोरोनाका सिकिस्त बिरामीहरुको संख्यामा वृद्धि हुदै आएपकोमा बीरगंजमा प्रयाप्त मात्रामा कोभिड अस्पताल संचालन नहुदा संक्रमितहरुको लागि बेड अभाव हुन थालेको हो । नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासका अनुसार कोरोना संक्रमितलाई निजी अस्पतालले भर्ना गर्न नमानेपछि संक्रमितहरु नारायणी अस्पताल आउने गरेको बताउनुभयो । उँहाले पर्सा लगायत अन्य जिल्लाबाट समेत कोरोना संक्रमित भर्ना हुन आउने गरेकोले नारायणी अस्पतालमा बेड अभाव हुन थालेको बताउनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको लागि सरकारी अस्पतालमा ५० प्रतिशतको बेड तथा निजी अस्पतालहरुमा २० प्रतिशतको बेड छुटट्याउन आदेश दिएपनि निजी अस्पतालहरुले अटेर गर्दै आईरहेका छन् । हाल बीरगंजको नारायणी अस्पताल तथा निजीमा नारायणी बयोधा अस्पताल बाहेक अन्य कुनै पनि निजी अस्पतालले कोरोना संक्रमितको लागि २० प्रतिशतको बेड छुटट्याएको छैन । यद्यपि नारायणी बयोधा अस्पतालमा संक्रमितको लागि मात्र ७–८ बेड मात्र छुट्याएको छ ।

 

नारायणी अस्पतालमा कोरोना संक्रमितहरु धमाधम भर्ना हुन आउँदा कोरोना संक्रमितलाई समेत सस्पेक्टेड वार्डमा कोरोनाका लक्षण देखिएकाहरुसंग राख्नु पर्ने बाध्यता सृजना भएको डा. दासले बताउनुभयो । उहाँले अहिले केहि संक्रमितहरु निको भएर डिस्चार्ज भएकोले अलि सहज भएपनि फेरी नया संक्रमित आउदा कहा राख्ने भनेर चिन्ता लाग्ने गरेको बताउनुभयो ।

पर्सा जिल्लामा कोरोना संक्रमण बढिरहदा यता स्थानिय प्रशासनले कुनै चाँसो देखाएको छैन । एकातर्फ अस्पतालमा बेडको अभाव भईरहेको छ भने अर्काेतर्फ प्रशासन पुरै गैरजिम्मेवार दखिएको छ । अहिलेसम्म निजी अस्पतालहरुले स्वास्थ्य मन्त्रालयको आदेशको पालना गरेको छ वा छैन भन्ने बारेमा कुनै अनुगमन समेत गरेको छैन ।

डीसीसएमसीको बैठकले नेशनल मेडिकल कलेजले व्यवस्थापन गरेको कोभिड–१९ बाबा अस्पताललाई पुनः संचालनमा ल्याउन निर्णय गरेपनि अहिलेसम्म हुन सकेको छैन । पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले सो विषयमा स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेपनि कुनै जवाफ नआएको बताउनुभयो ।

हाल नारायणी अस्पतालमा कोरोना संक्रमितहरुका लागि एचडियुमा १७ बेड, सस्पेक्टेड वार्डमा १५ बेढ तथा आईसियूमा ६ वटा गरी जम्मा ३८ बेड रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४