Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोइरालाको ‘न्यूरोडका झाँकी’ कृति सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख ९ २०७८
  • 3.3K
    SHARES

काठमाडौँ । वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले नेपाली साहित्यलाई अङ्ग्रेजी भाषामा अनुवाद गरेर विश्व बजारमा पुर्याउन आवश्यक भएको बताउनुभएको छ । उहाँले नेपाली साहित्य उत्कृष्ट हुँदाहुँदै पनि ओझेलमा पर्नुको पछाडि अन्तर्राष्ट्रिय पाठकसमक्ष पुग्न नसकेर हो भन्नुभयो ।

लघुकथा समाज नेपाल र शिखा बुक्सद्वारा पाटनस्थित जोशीकै निवासमा स्थापित लोक साहित्य भवनमा आज आयोजित साहित्यकार एवं पत्रकार तुलसीहरि कोइरालाको नवीनतम् कथासङ्ग्रह ‘न्यूरोडका झाँकी’को विमोचन समारोहमा उहाँले सो कुरा बताउनुभएको हो । नेपाली कथा साहित्यको ढिलोगरी विकास भएको भए पनि पछिल्लो चरणमा आएर कथाका क्षेत्रमा उल्लेख्य उन्नति भएको भन्दै जोशीले कोइरालाको ‘न्यूरोडका झाँकी’ भित्रका कथामा परिवर्तित समाज र परिवेशका कथा भएको बताउनुभयो ।

उक्त समारोहमा कथामाथि समीक्षात्मक टिप्पणी व्यक्त गर्दै प्रा.डा. कुमारप्रसाद कोइरालाले कथालेखनमा थोरै मात्र कथाकारले पात्रको चरित्र चित्रणमा केन्द्रित भएर कथा लेख्ने गरेको पाइएकोमा तुलसीहरिका कथामा यो विशेषता प्रखर भएर आएको बताउनुभयो । ग्रामीण परिवेश, मधेश र काठमाडौँका त्रि–परिवेशीय पात्रलाई टिपेर कथा सिर्जना गरिएकाले पाठकप्रिय कथासङ्ग्रह आएको उहाँले उल्लेख गर्नुभयो ।

दुई सत्रमा आयोजित उक्त समारोहको पहिलो सत्रमा प्रमुख अतिथि वाङ्मय शताब्दीपुरुष जोशीले लघुकथा समाजद्वारा स्थापित ‘बाटुली–खिलध्वज लघुकथा सम्मान, २०७७’ लघुकथाकार ध्रुव मधिकर्मीलाई प्रदान गर्नुभएको थियो । उक्त सम्मानमा सम्मान–पत्रसहित नगद राशि १५,००१।– रहेको थियो ।

लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा आयोजित कार्यक्रममा पुरस्कृत व्यक्तित्व ध्रुव मधिकर्मी, पुरस्कार गुठीका तर्फबाट सानुभाई पण्डित र साहित्यकार मणि लोहनीले पनि बोल्नुभएको थियो । शिखा बुक्सद्वारा प्रकाशित ‘न्यूरोडका झाँकी’मा १९ वटा कथा सङ्गृहीत छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४