Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्वास्थ्य मन्त्रालयले भन्यो, ‘अत्यन्त जरुरी नपरी घर बाहिर ननिस्कनु’


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख ९ २०७८
  • 2.5K
    SHARES

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिनप्रति दिन तीब्र रुपमा कोरोना भाइरसको संक्रमण बढिरहेको बताउँदै अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन अपील गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हरेक ४ दिनमा कोरोना संक्रमणको संख्या दोब्बर भइरहेको बताउँदै अत्यन्त जरुरी नपरी घर बाहिर ननिस्कन अनुरोध गरेका हुन् ।

 

त्यस्तै, प्रवक्ता डा. गौतमले संरचनाले धान्नै नसक्ने गरी बिरामीहरुको संख्या बढ्ने संकेत प्राप्त भएको पनि बताएका छन् । बुधबार मन्त्रालयले आयोजना गरेको कोरोनाको प्रेस ब्रिफिङमा बोल्दै उनले भने, ‘संक्रमणको दर अत्याधिक बढेको छ । आज मात्रै २ हजार ३५१ जना नयाँ संक्रमितहरु थपिएका छन् ।’

उनले थप भने, ‘हरेक चार दिनमा संक्रमण दोब्बर भइरहेको छ । डबलिङ टाइम चार दिन रहेको छ । र हाम्रा संरचनाहरुले धान्नै नसक्ने गरी विरामीहरुको संख्या बढ्ने संकेत प्राप्त भएको छ ।

यसकारण अत्यन्त जरुरी नपरी घरबाट बाहिर ननिस्कन, सभा, भेला–गोष्ठी, सेमिनार, मिटिङ, जात्रा नगर्न र नागरिक जीवनहरुको रक्षा गर्न सम्पूर्णमा अनुरोध गर्दछु ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४