Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पार्टीमा गुटगत गतिविधि अस्वीकार्य : प्रधानमन्त्री


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख ९ २०७८
  • 9K
    SHARES

काठमाडौं । नेकपा एमालेले मदननगर बल्खुमा पार्टी कार्यालय भवनको शिलान्यास गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बिहान बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा नयाँ भवनको शिलान्यास गर्नु भएको हो ।

भवन शिलान्यास समारोहमा प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री एवं एमाले महासचिव ईश्वर पोखरेल, संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, मन्त्रीहरुलगायतको उपस्थिति रहेको थियो ।

भवन शिलान्यास समारोहलाई संवोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीमा गुटगत गतिविधिलाई कुनै पनि हालतमा मान्यता दिन नसक्ने बताउनुभयो ।

उहाँले अनुशासनहीता र अराजकतासँग सम्झौता गर्न नसकिने बताउँदै फरक बाटोमा लागेका नेताहरु सच्चिएर आए व्यक्तीगतरुपले जिम्मेवारी दिने तर गुटको आधारमा कुनैपनि सम्झौता नगर्ने प्रष्ट पार्नुभयो ।

१३ रोपनी जग्गामा निर्माण हुने अत्याधुनिक भवनको निर्माण कार्य दुई वर्षमा पूरा हुने बताईएको छ । यसअघि २०५१ सालमा निर्मित एमाले कार्यालय २०७२ सालको महाभुकम्पले भत्किएको थियो ।

पार्टी कार्यालय भवन भत्किएपछि एमाले कार्यालय धुम्बाराहीबाट सञ्चालन हुँदै आएको छ । आजैबाट एमालेको केन्द्रीय कार्यालय थापाथलीमा सार्ने तयारी गरिएको छ । बल्खुमा भवन बनिसकेपछि थापाथलीबाट बल्खुमा सारिनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४