Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

किन शिल्पाको पोल खोले प्रकाश सुवेदीले ? कार्यक्रम बन्द हुँदा सुवेदी झन चर्चित !


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख ८ २०७८
  • 5.1K
    SHARES

काठमाडौं । नायिका शिल्पा पोखरेलका व्यक्तिगत कुरा बाहिर ल्याएपछि रंग पत्रकार प्रकाश सुवेदीले एपीवान टेलिभजनमा चलाउने दुई वटा कार्यक्रम निलम्बनमा परे ।

सुवेदीले ‘ग्ल्यामर गफ’ र ‘रजतपट’ नामका मनोरञ्जन कार्यक्रम चलाउँथे । एपीवान टेलिभिजन  बोर्डले अर्को निर्णय नहुञ्जेल दुबै कार्यक्रम निलम्बन गरेको हो ।
सुवेदीलेनायिका शिल्पा पोखरेल र उनका श्रीमान छवि ओझाको विषयमा कार्यक्रम बनाएपछि एपीवान टेलिभिजनमा उजुरी परेको थियो ।

शिल्पा पोखरेलका विषयमा सुवेदीले कार्यक्रम बनाएपछि उनले उजुरी हालेकी थिइन् । उनीहरूको मुद्दा अदालतमा विचाराधीन छ ।

कार्यक्रमको विषयमा अदालतले पनि चासो देखाएपछि टेलिभिजनको बोर्ड बैठक बसेको थियो । वैशाख २ गते बसेको बोर्ड बैठकले नायिका पोखरेल र उनका श्रीमान् छवि ओझाका विषयमा थप कार्यक्रम नबनाउनू भनिएको थियो ।

कार्यक्रम बनाउनै परे शिल्पा पोखरेललाई पनि बोल्ने ठाउँ दिनु भनिएको जनाइएको छ । सुवेदीका ती कार्यक्रममा प्रस्तुत गरिएका विषयका कारण यसअघि पनि विवादमा पर्ने गरेका थिए ।

कार्यक्रम निलम्बन भएको बारे समाचार बाहिरिए पनि आधिकारिक रूपमा जानकारी नआएको प्रकाश सुवेदीले वताउने गरेका छन् । उनले टेलिभिजनसँग कार्यक्रम सञ्चालन गर्न आउँदो असार मसान्तसम्मको कन्ट्रयाक्ट गरेका थिए ।

कार्यक्रम निलम्बनमा परेको समाचार आएपछि अरू टेलिभिजन च्यानलहरूले आफ्नोमा चलाउन भन्दै सम्पर्क गरेको उनले बताए । कार्यक्रम रोकिएका समाचार आएपछि हाम्रोमा आउनु भनेर सुवेदीलाई टेलिभिजनको फोनहरू आइरहेका छन् ।

पत्रकार सुवेदीले नायिका शिल्पा पोखरेलको पहिलो विवाह काठमाडौं जिल्ला अदालतबाट डिभोर्स भएको प्रमाण सार्वजनिक गरिदिएका थिए ।

त्यसपछि शिल्पा रिसाएकी थिइन् । शिल्पाबारे विभिन्न डान्स पार्टीका भिडियोसहितका समाचार पनि सुबेदीले सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४