वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ ।
मंगलबार अस्पताल भर्ना भएका सलार्ही जिल्ला स्थित मलंगवा नगरपालिकाका ४२ वर्षीया पुरुषको उपचारको क्रममा आज बिहान ९ः५८ मा मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिनुभयो ।
कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि हिजो एन्टिजेन परीक्षणमा पोजेटिभ रिर्पोट आएपछि सोहि दिन उनलाईं नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।
उनको ट्राभल हिस्ट्री नेगेटिभ रहेको र उनलाई समुहायबाटै कोरोना फैलिएको डा. दासले जानकारी दिनुभयो ।
त्यस्तैगरी मकवानपुरमा पनि एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । हेटौँडा उपमहानगरपालिकाको जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंका अनुसार बुधबार कोरोना संक्रमित ७४ वर्षीय एक वृद्धको मृत्यु भएको हो ।
उनी हेटौँडा उपमहानगरपालिका-४ स्थित कर्राका भएको खुलेको छ । उनको शव नेपाली सेनाले व्यवस्थापन गर्ने बताइएको छ । तराईको बारा र पर्सा जिल्लाको सीमासँग जोडिएको र सुरक्षाका मापदण्ड नअपनाउँदा कोरोनाको जोखिम बढेको छ ।