Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रात्रिकालिन व्यवसाय फुकुवा नगरे विद्रोह गर्ने व्यवसायीको चेतावनी


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख ८ २०७८
  • 4.1K
    SHARES

काठमाडौं । दोहोरी साँझ तथा रात्रिकालीन व्यवसाय सञ्चालन तथा व्यवस्थापन समितिले तत्काल रात्रिकालीन व्यवसाय फुकुवा नगरे विद्रोह गरिने चेतवानी दिएको छ । बुधबार पत्रकार सम्मेलनमार्फत् कोभिड–१९ को रोकथाम तथा नियन्त्रण बन्द गरेर नभई स्वास्थ्य सुरक्षा अपनाएर हुने र त्यसविपरीत सरकारले व्यवसाय बन्द गरे विद्रोह गरिने समितिले चेतावनी दिएको छ ।

साेमबार बसेको मन्त्रिपरिषद्को बैठकले बैशाख मसान्तभर सार्वजनिक स्थलमा भिडभाड नगर्न, विद्यालय, कलेज, होटेल, रेष्टुरेन्ट, डान्सबार लगायत मनोरञ्जनका क्षेत्रमा रोक लगाएको छ ।

समितिका संयोजक विनोद श्रेष्ठका अनुसार कोरोनाको विकल्प केवल बन्दमात्र होइन, आवश्यक स्वास्थ्य सुरक्षा र सावधानी अपनाएर काम गर्न पाउनुपर्छ । साथै, अहिलेको अवस्थामा स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाईका साथ पालन गरेर व्यवसाय सञ्चालन गर्न दिनुपर्ने उनको माग रहेको छ ।

यसैगरी दोहोरी साँझ तथा रात्रिकालीन व्यवसाय सुनधाराका संयोजक आरसी पोखरेलले सरकारले दोहोरी साँझ तथा रात्रिकालीन व्यवसायमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा ७० हजार व्यवसायी जोडिएको बताएका छन् । ती व्यवसायीले सरकारलाई कर बुझाइरहेको र यति गर्दा पनि झन् प्रहार गरिएको भन्दै त्यसविरुद्ध उत्रिन बाध्य हुने उनले बताए ।

दोहोरी साँझ तथा रात्रिकालीन व्यवसायमा २० अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको व्यवसायीको दाबी रहेको छ । त्यस्तै, प्रत्यक्ष तथा अप्रत्यक्ष गरी झण्डै ७० हजारले रोजगारी पाएको उनीहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४