Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोना संक्रमणबाट दाङका पत्रकार दामोदर अधिकारीको निधन


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख ८ २०७८
  • 3.2K
    SHARES

काठमाडौं । दाङका एक कोरोना संक्रमितको मृत्यु भएको छ । घोराही निवासी पत्रकार दामोदर अधिकारीको कोरोना भाइरसको संक्रमणबाट गएराति निधन भएको हो । अधिकारीलाई चैत्र २७ गते कोरोना पोजेटिभ देखिएको थियो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइशोलेसनमा भर्ना भएर उपचार गराइरहनु भएका अधिकारीको स्वास्थ्यमा थप समस्या देखिएपछि हेलिकप्टरबाट गएराति नै काठमाडौं ल्याइएको थियो । काठमाडौंकाे करुणा अस्पतालमा उपचारका क्रममा गएराति उहाँको निधन भएको छ । अधिकारीले दाङबाट प्रकाशित पत्रिका गोरक्ष दैनिकमा काम गर्नु भएको थियो । हाल फरक पेशमा भएपनि पत्रकारिता क्षेत्रमा आवद्ध भने हुनुहुन्थ्यो ।

यसअघि दाङकै एक स्वास्थ्यकर्मीको पनि संक्रमणका कारण सोमबार निधन भएको थियो । २० वर्षीय अनिसा ओलीको उपचारका लागि अस्पताल चहार्दा चहार्दै निधन भएको थियो । अनिसा आफै स्वास्थ्यकर्मी पनि थिइन् । गत सालको महामारीमा कोरोना संक्रमितको उपचारमा लागेकी ओली अहिले आफै उपचार नपाएर ज्यान गुमाउन पुगिन् ।

पछिल्लो समय दाङमा कोरोना संक्रमितको संख्यामा निकै बढेको छ । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका अनुसार दाङमा अहिले एक सय ३३ जना र जिल्ला बाहिर ४१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । मंगलबार मात्रै दाङमा ३० जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले जनाएको छ ।

कोरोना संक्रमण बढेसँगै दाङका अस्पतालमा बिरामीको चाप बढेको छ । दाङमा अस्पताल अभाव भएपछि कोरोना संक्रमितको उपचार गर्न बुटवल र बाँकेसम्म लाने गरिएको छ । बेलझुण्डि कोरोना अस्पताल, बुटवलको कोरोना अस्पतालका बेड भरिएको छन् भने बाँकेमा पनि ठाउँ नभएकाले बिरामी राख्न समस्या हुन थालेको छ । अहिलेसम्म दाङमा कोरोना संक्रमणबाट ५६ जनाको मृत्यु भएको छ भने, ३ हजार २ सय ५२ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४