Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गृहकै मिलेमतोमा अध्यागमनमा सेटिङ, नक्कली पासपोर्टधारीलाई उन्मुक्ति !


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख ७ २०७८
  • 7.2K
    SHARES

काठमाडौं । गृह मन्त्रालयकै मिलेमतो अध्यागमन सेटिङ सुरु भएको छ । कतिसम्म भने नक्कली पासपोर्टधारीलाई समेत उन्मुक्ति दिन थालिएको छ ।

आर्थिक चलखेलका आधारमा दुई बंगलादेशी व्यापारीलाई हालै अध्यागमन विभागले उन्मुक्ति दिएको छ । क्यानाडाको नक्कली पासपोर्टमा क्यानाडा जान लागेका बंगलादेशी नागरिक मोहम्मद बम्लु मिहा र राहुल करिमलाई मुद्दा नचलाई बंगलादेश पठाइएको हो । यसमा अध्यागमन विभागमा ठूलो आर्थिक चलखेल भएको स्रोत बताउँछ । विभागका तत्कालिन महानिर्देशक रमेक कुमार केसी र मुद्दा शाखाका कर्मचारीको मिलमेतोमा उनीहरुलाई उन्मुक्ति दिइएको हो ।

चैतको पहिलो साता उनीहरु नेपालबाट कतार हुँदै क्यानाडा जान लागेका थिए । नेपालको अध्यागमनले उनीहरुको नक्कली पासपोर्ट पहिचान नै गरेन । कतार पुगेपछि पासपोर्ट जफत गरी नेपाल फकाईदिएको थियो । जुन घटनाले नेपालकै अध्यागमनको चेकिङ प्रणालीमाथि नै प्रश्न उठेको छ ।

त्यसरी फकाईपछि पनि मुद्दा नचलाई सामान्य धरौटी तोकेर निष्काशन गरिएको छ । उनीहरुलाई मुद्दा चलाएको भए एक महिनासम्म थुनामा बस्नुपर्दथ्यो । त्यहीकारण उनीहरुले मुद्दा नचलाई पैसा बुझाएर उनीहरु बंगलादेश गएका हुन् । उनीहरुले जरिवाना २५ हजार बुझाएको र घुस भने लाखौं बुझाएको अध्यागमन स्रोत बताउँछ ।

नेपालको अध्यागमनमा पटक पटक बदमासी हुँदै आएको छ । लकडाउन खुलेलगत्तै सेटिङका आधारमा १० हजार भन्दा धेरै भिजिट भिसामा यूएई लगायत देश गएका थिए । त्यसमा संलग्न गौलोचन सैंजु लगायतलाई कारबाही भएन । सोही गिरोहमा संलग्न सुशील बैद्यलाई हालै बढुवा गरेर विमानस्थलस्थित अध्यागमन कार्यालयको प्रमुख बनाइएको छ । उनी प्रमुख भएपछि भिजिट भिसामा खाडी देश पठाउने गिरोह उत्साहित भएको छ । गृहसचिव महेश्वर न्यौपानेलाई आफ्ना केही विश्वासपात्र कर्मचारीमार्फत विमानस्थलमा सेटिङ मिलाइरहेको स्रोत बताउँछ ।

                                                                                                                       (दृष्टि साप्ताहिकबाट साभार)

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४