काठमाडौं । पार्टी कार्यालय कोटेश्वर पोरिसडाँडामा आयोजित नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ । मंगलबार बसेको स्थायी समिति बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिन्छ कि यथावतै राख्छ भन्नेमा आज पनि सरकारलाई दिँदै आएको फिर्ता लिनेबारे कुनै निर्णय भएको छैन ।
यसअघि यस विषयमा पटक पटक बसेको बैठकले सरकारलाई दिएको समर्थनबारे छलफल गरे पनि कुनै निष्कर्ष निकाल्न सकेको छैन । यसरी नयाँ सत्ता समीकरणको टुंगो अन्तिम अवस्थामा नपुगेसँगै ओली सरकारलाई दिँदै आएको समर्थन यथावतै रहेको छ ।
बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा नेता देवेन्द्र पौडेलले सरकारलाई दिएको समर्थन फिर्ता बारे छलफल गरिए पनि कुनै निर्णय नभएको बताएका छन् । उनका अुनसार यस विषयमा भोलि पनि बैठक बस्दैछ ।