Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अध्यक्ष ओलीले कारबाही गर्ने सूचना पाएपछि नेपाल-खनाल समूहले डाक्यो आकस्मिक बैठक


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख ७ २०७८
  • 2K
    SHARES

काठमाडौं । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः कारबाही गर्ने संकेत देखाए पछि वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहले आफूनिकट सांसदहरुको आकस्मिक बैठक डाकेको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा ‘फ्लोर क्रस’ गरेर मत दिन लगाएको आरोपमा अध्यक्ष ओलीले नेपाल–खनाल समूहलाई पुनः स्पष्टीकरणसहित कारबाही अघि बढाउने भए पछि बैठक डाकिएको हो ।

बैठक नयाँ बानेश्वरस्थित अर्याल होटेलमा बस्ने बताइएको छ । पार्टीको ह्वि विपरीत मत दिएको आरोपमा आज मंगलबार अध्यक्ष ओलीले नेपाल–खनालसहित २७ जना संघीय सांसदलाई स्पष्टीकरण सोधेका छन्।

कर्णाली प्रदेशझैँ कांग्रेसको नेतृत्वमा प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी भएको सूचना पाए पछि अध्यक्ष ओलीले स्पपटीकरणसहित कारबाहीको प्रक्रिया अघि बढाइएको बताइएको छ । एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईका अनुसार उनीहरूलाई स्पष्टीकरण पत्र पठाइसकिएको छ ।

भट्टराईका अनुसार नेपाल–खनाल समूहलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको छ ।

अध्यक्ष ओलीले नेपाल, झलनाथ खनाल, भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, झपट रावल, पवित्रा निरौला, मेटमणि चौधरी, यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, भवानी खापुङ, नारायण खतिवडा, जयकुमार राईलाई स्पष्टीकरण सोधिएको छ ।

यसैगरी गणेश पहाडी, दिपकप्रकाश भट्ट, हिराचन्द्र केसी, पुष्पाकुमारी कर्ण कायस्थ, नीरादेवी जैरु, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, सरलाकुमारी यादव, कृष्णलाल महर्जन, मुकुन्द न्यौपानेलाई पनि स्पष्टीकरण सोधिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४