Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बैंक तथा वित्तीय संस्थाहरुलाई निरन्तर सेवा दिन राष्ट्र बैंकको निर्देशन


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख ७ २०७८
  • 2.5K
    SHARES

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना संक्रमणको दोस्रो लहर फैलँदै गएको भन्दै उच्च सतर्कतासहित निरन्तर सेवा दिन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले सूचना जारी गर्दै संक्रमण तीव्र बढेकाले सजग भएर कारोबार गर्न निर्देशन दिएको हो ।

नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी सेवा प्रवाह गर्न निर्देशन दिइएको छ ।

सेवाग्राहीको भीडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्थालाई सेवा प्रवाह गर्नुपर्ने बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थाहरूले प्रदान गर्ने सेवाहरू यथा सम्भव विद्युतीय माध्यमबाट गर्न तथा गराउन केन्द्रीय बैंकले सुझाव दिएको छ ।

बैंकहरूले आफ्ना एटीएम बुथहरूबाट हुन सक्ने संक्रमण जोखिम न्यूनीकरण गर्न ढोका खुला राखी स्यानिटाइजर एवं टिस्यू पेपरको व्यवस्था गर्न पनि भनिएको छ ।

कैंकहरूले कोभिड–१९ सम्बन्धी समस्याको सहजीकरण र सम्पर्कका लागि कोभिड–१९ सुरक्षा व्यवस्थापन समूहलाई सक्रिय रूपमा परिचालन गर्नुपर्ने छ ।

स्वास्थ्य सतर्कताबारे यसअघि दिएका निर्देशनलाई समेत पालना गर्न पनि केन्द्रीय बैंकले ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४