Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्तावको तयारी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख ७ २०७८
  • 2.8K
    SHARES

काठमाडौं । नेपाली कांग्रेस र माओवादीसहितका विपक्षी दलहरुले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी थालेका छन् ।

प्रमुख विपक्षी दल कांग्रेस, विपक्षी दलहरू माओवादी केन्द्र, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसहितका दलहरुले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी थालेका हुन् । मुख्यमन्त्री राईविरुद्ध गत पुस १२ मा तत्कालीन नेकपाका सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

त्यसपछि प्रस्ताव टेबल हुन नदिन मुख्यमन्त्रीसहितका सरकार पक्षका सांसदले बैठक अवरोध गर्दै आएका थिए । सर्वोच्च अदालतले एमाले र माओवादीलाई पूर्ववत अवस्थामा फर्काइदिएपछि अविश्वास प्रस्ताव माओवादी केन्द्रले फिर्ता लिएको थियो । ९३ सदस्सीय संसदमा एमालेसँग सभामुखसहित ५१ सदस्य छन् ।

कांग्रेससँग २१, माओवादीसँग १५, जसपासँग ३ र संघीय लोकतान्त्रिक मञ्चसँग १ गरी ४० जना सांसद छन् । माओवादीले टंक आङबुहाङलाई सांसद पदबाट हटाएपछि संसदमा ९२ सदस्य छन् । बहुमतका लागि ४६ मत आवश्यक पर्छ । जुन संख्या विपक्षीहरुसँग पुग्दैन । तर, झलनाथ–माधव पक्षले फ्लोर क्रस गरेर अविश्वासको प्रस्ताब गर्ने तयारी गरीएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४