काठमाडौं । मुलुकमा थप एक हजार ९६ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ७८३ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा १ हजार ९६ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ८४ हजार ६७३ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ५ हजार ८४ जनामा आरटी–पीसीआर परीक्षण गर्दा १ हजार १५ जना र ६९९ जनामा एन्टिजेन परीक्षण गर्दा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २ सय ६२ संक्रमित निको भए, ४ को मृत्यु
कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय ६२ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट २ सय ६२ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७५ हजार ३०० पुगेको छ ।
यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ८५ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७८३ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल २३ लाख ४५ हजार ५०१ जनाको पीसीआर परीक्षण भएको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा थप ४ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ८३ पुगेको छ ।