Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तयारी नपुगेको भन्दै कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख ५ २०७८
  • 1.9K
    SHARES

काठमाडौं, । नेपाली कांग्रेसले आइतबार डाकिएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।

बैठक सोमबारका लागि सारिएको कांग्रेसका एक नेताले जानकारी दिनुभयो ।महाधिवेशन तयारीका विषयमा छलफल गर्न बैठक बोलाइएको थियो ।बैठक तयारी नपुगेको भन्दै स्थगित भएको हो ।

तर, शीर्ष नेताहरु भने छलफलमै छन्। पटक–पटक म्याद थप गर्दा समेत क्रियाशील सबै जिल्लाले क्रियाशील सदस्यता इन्ट्री गर्न सकेका छैनन्।क्रियाशील सदस्यता इन्ट्री गर्ने अन्तिम म्याद चैत मसान्तलाई तोकिएको थियो ।

तर, तोकिएको समयसिमामा केही जिल्लाले इन्ट्री थालेका छैनन् ।क्रियाशील सदस्यता तोकिएको समयमा इन्ट्री सुरु नहुँदा महाधिवेशनको कार्यतालिका नै परिवर्तन गर्नुपर्ने स्थिती छ ।

कार्यतालिका हेरफेरको विषयमा शीर्ष नेताहरुबीचाम मतभेद देखिएपछि बैठक स्थगित भएको एक केन्द्रीय सदस्यले जानकारी दिनुभयो ।‘शीर्ष नेताहरुबीच सहमति हुन सकेन । जसका कारण तयारी नपुगेको भन्दै एकाएक बैठक स्थगीत भयो,’ ती नेताले भने ।

यस्तै चैत २० गते प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्ने र आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय गरेको कांग्रेस कसरी अघि बढ्नेमा अन्यौलमा देखिन्छ । सत्ता समिकरणका विषयमा समेत कसरी अघि बढ्ने भन्ने विषयमा शीर्ष नेताहरु एकमत छैनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४