Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मोतिपुर औद्योगिक क्षेत्रकाे जग्गा कब्जा गर्न गएकालाई प्रहरीले हटायो


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख ५ २०७८
  • 2.4K
    SHARES

बुटवल । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्न आएका स्थानीयलाई प्रहरीले हटाएको छ । गएराति सयौँको संख्यामा आएका स्थानीयलाई प्रशासनको सहयोगमा आज बिहानै हटाईएको हो ।

सरकारले सुकुम्बासीलाई जग्गाको लालपूर्जा दिने भनेपछि उनीहरु करिडोरको जग्गा कब्जा गर्न गएका हुन् । नयाँ गाउँ, बेलवास, गोलपार्क, बुद्धनगरलगायतका ठाउँबाट आएकाहरुले मोतिपुर करिडोरको बी ब्लकको जग्गामा चुना र डोरीले घेरा हालेर प्लटिङ गरेका छन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आशमान तामाङले सरकारी जग्गा कुनैपनि हालतमा कब्जा हुन नदिने बताउनुभयो ।

सरकारले देशका सातवटै प्रदेशमा नयाँ औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेअनुसार गत फागुन २१ गते मोतिपुर औद्योगिक करिडोरको पनि शिलान्यास गरिएको थियो । तर केही व्यक्तिले आफ्ना घर जमिन भएको क्षेत्रमा औद्योगिक क्षेत्र बनाउन लागिएको भन्दै शिलान्यास कार्यक्रमको विरोध गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४