Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गृहमन्त्री थापाको सांसद पद गुम्यो


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख ५ २०७८
  • 2.9K
    SHARES

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाको राष्ट्रिय सभा सांसद पद गुमेको छ।

नेकपा माओवादी केन्द्रले उहाँलाई पार्टीबाट निष्कासन गरेको पत्र संघीय संसद सचिवालयमा पठाएसँगै उहाँको सांसद पद गुमेको हो।

थापाको सांसदसँगै मन्त्री पद पनि गुमेको छ। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पत्रअनुसार सांसद पद रिक्त भएको निर्णय गर्नुभएको हो ।

तिमिल्सिनाको निर्णयपछि संसद सचिवालयले आइतबार थापाको पद रिक्त भएको सूचना प्रकाशित गरेको छ।

२०७४ मा बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्य बनेका थापाको कार्यकाल ६ वर्ष थियो।

एमालेतिर लागेको भनेर पार्टीले कारबाही गरेपछि उहाँको राष्ट्रिय सभा सदस्य तीन वर्षमै सकिएको हो।

थापाको पद गुमेपछि अब उहाँले पुनः मन्त्री बन्न संविधानअनुसार शपथ लिनुपर्छ। सांसद पद गुमे पनि पुनः शपथ लिएर उहाँ ६ महिनाका लागि मन्त्री बन्न सक्नुहुनेछ ।

गृहमन्त्री थापाको सांसद पद गुम्यो

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४