Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संघ र प्रदेशका १२ स्थानमा उपनिर्वाचनको तयारी !


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख ५ २०७८
  • 3.5K
    SHARES

कांग्रेस पनि उपचुनावमा जान सहमत भएको सरकारको दाबी


काठमाडौं । संसद विघटन गरेर मध्यावधि चुनावमा जाने योजनामा धक्का लागे पनि सरकारले अब प्रतिनिधिसभा र प्रदेश सभाका रिक्त स्थानहरुमा उपनिर्वाचन गर्ने भएको छ । अब हुने उपनिर्वाचनले सत्तापक्ष र विपक्षी दलहरु जनतामा कति लोकप्रिय÷अलोकप्रिय छन् भन्ने परीक्षा गर्नेछ । यसअघि माओवादीले जितेका १२ स्थानमा हुने उपचुनावले खासगरी माओवादीको परीक्षा गर्नेछ ।

हालसम्म संघ र प्रदेशसभाका १२ स्थान रिक्त भइसकेका छन् । अझ अरु पनि सांसदका पद खोसिने क्रम जारी रहेकाले कति स्थानमा उपचुनाव हुन्छ भन्ने यकिन छैन ।कति स्थानमा उपनिर्वाचन गर्ने भन्ने आधिकारिक विवरण तयार भइसकेको छैन । संवैधानिक एवं कानूनी व्यवस्थाअनुसार निर्वाचन आयोगले रिक्त स्थानहरुको विवरण प्राप्त गरिसकेपछि सरकारसँगको सहमतिमा उपचुनावको मिति तोकिन्छ ।

उपचुनावमा जाने सर्वदलीय सहमति भयो : मन्त्री ज्ञवाली   

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा उपनिर्वाचनबारे छलफल भएको थियो । सो छलफलमा उपचुनावबारे दलीय सहमति जुटेको नेताहरुले बताएका छन् ।

शनिबारको सर्वदलीय बैठकमा मुख्य गरी तीनवटा विषय, कोरोना भाइरसको रोकथाम, उपनिर्वाचन र एमसीसीबारे छलफल भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भनाइ छ ।

मन्त्री ज्ञवालीले बैठकमा दलहरुबीच उपनिर्वाचनबारे सहमति जुटेको दाबी गरे । उनले निर्वाचन आयोगको सहमतिमा चाँडै मिति निर्धारण गरिने जानकारी दिए ।

बालुवाटार बैठकमा भएको छलफलबारे जानकारी दिँदै मन्त्री ज्ञवालीले भने, ‘देशका विभिन्न रिक्त स्थानहरुमा हुने उपनिर्वाचनका बारेमा संवैधानिक व्यवस्थाअनुसार नै निर्वाचन आयोगले तोकेको समयमा निर्वाचन सहभागी हुन सबै दलहरुले सहमति दिनुभएको छ ।’

नेपाली कांग्रेसले पनि उपनिर्वाचनमा जाने सहमति दिएको ज्ञवालीले बताए । आगामी भदौमा हुने पार्टीको महाधिवेशनलाई प्रभावित नपार्ने गरी उपनिर्वाचनको मिति तोकिनुपर्ने काँग्रेसको सुझाव रहेको मन्त्री ज्ञवालीले बताए । ‘नेपाली कांग्रेसले भदौमा आफ्नो महाधिवेशन भएको हुनाले त्यो महाधिवेशनको कार्यक्रम प्रभावित नहुने गरी कार्यतालिका प्रकाशित गरियोस् भन्ने उहाँहरुको सुझाव थियो’ सर्वदलीय बैठकपछि मन्त्री ज्ञवालीले पत्रकारहरुसँग भने, ‘प्रधानमन्त्रीज्यूले तपाईहरुसँग परामर्श गरेर महाधिवेशनलाई अप्ठ्यारो नपार्ने गरी नै गर्छौं भन्नुभएको छ ।’  

मन्त्री ज्ञवालीले उपनिर्वाचनमा जान सर्वदलीय सहमति जुटेको बताइरहँदा शनिबार बालुवाटारको सर्वदलीय बैठकमा नेकपा माओवादी केन्द्रको भने उपस्थिति थिएन । सो पार्टीका नेताहरुले आफूहरुलाई बैठकको निम्तो नआएको बताएका थिए । यसैबीच, परराष्ट्र मन्त्री ज्ञवालीले माओवादी नभए पनि  देश चल्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४