Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तान्त्रिक प्रयोजनका लागि शरीरका अंग बिक्री हुने लोभले महिलाको हत्या !


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख ४ २०७८
  • 2.7K
    SHARES

प्रहरी भन्छ- नेपालमा संगठित अपराधको नौलो घटना


बुटवल । तान्त्रिक प्रयोजनका लागि शरीरका अंग महँगो मूल्यमा बिक्री हुने भ्रमपूर्ण हल्लाको विश्वासमा परी एक समूहले कपिलवस्तुकी एक महिलाको हत्या गरेको प्रहरीले जनाएको छ ।

लुम्बिनी साँस्कृतिक नगरपालिका–५ बुडन्तपुरस्थित माइतीघरमा विगत १२–१३ वर्षदेखि बस्दै आएकी सरजहाँ दर्जीको हत्या भएको हो । उनको शव हातका औंलाहरु नभएको अवस्थामा गत चैत १२ गते बेतिया नदीमा फेला परेको थियो ।

कपिलवस्तु प्रहरी प्रमुख नवराज अधिकारीले महिलाका हातका औंलाहरु प्रतिऔंला ७०/८० लाख रुपैयाँमा बिक्री हुने विश्वासमा दर्जीको हत्या गरेर औंलाहरु काटेर लगेको पाइएको बताए । उनले यसलाई संगठित अपराधको नौलो घटना भने ।

‘मृतकका हातका औंलाहरू बिक्री वितरण गर्ने प्रयोजनको लागि विभिन्न व्यक्तिहरुलाई दिइसकेको अवस्थामा हत्यामा संलग्नसहित ६ जनालाई पक्राउ गरेका छौं,’ जिल्ला प्रहरी प्रमुख अधिकारीले भने, ‘नेपालमा संगठित अपराधको यो नौलो घटना हो ।’

यो घटनामा संलग्न भएको आरोपमा शुद्धोधन गाउँपालिका–२ नन्दनगरका ३९ वर्षीय अब्दुल कलाम मुसलमान, बेलाल अहमद मुसलमान, शुद्धोधन गाउँपालिका–५ शिवालवाका ४५ वर्षीय कृष्ण कुर्मी, शुद्धोधन–५ बिसुनपुराका ५५ वर्षीय रामहरक यादव, रुपन्देही सैनामैना नगरपालिका–१ बनकट्टाका ६७ वर्षीय कर्णबहादुर सुनार र नवलपरासी मध्यबिन्दु नगरपालिका–७ घर भई हाल रुपन्देही बुटवल उपमहानगरपालिका–९ शिवनगर डेरा गरी बस्ने ६७ वर्षीय खेमबहादुर मल्ल छन् । उनीहरुको साथबाट हत्या गरिएकी महिलाका हातका औंलाहरु बरामद गरिएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

अब्दुल कलाम र बेलाल अहमदले फोन गरेर बोलाई बेतिया नदी छेउको चौरमा ती महिलाको घाँटी थिचेर हत्या गरेको प्रहरीको भनाइ छ । त्यसपछि शवलाई बोरामा राखेर नदीमा फालेको पाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४