Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीले डाके सर्वदलीय बैठक, फोन गरेर दिए प्रचण्डलाई निम्तो


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख ४ २०७८
  • 2.7K
    SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउनु भएको छ । कोरोना भाइरसको महामारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न शनिबार (आज) बिहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाइएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

त्यसैगरि प्रधानमन्त्री ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोन वार्ता भएको छ । प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री ओलीले सर्वदलीय बैठकको निम्तो दिनका लागि अध्यक्ष प्रचण्डलाई फोन गरेको बताएको छ ।

सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा एकता बदर गरी एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएपछि दुई नेताबीच भेटवार्ता भएको छैन । यसअघि गत पुस ५ गते ओलीले प्रतिनिधिसभा विघटन गरेपछि दुवैबीच वाक्युद्ध चलिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४