Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘बगभी’ : नेपाली युवाले ल्याएको बग बाउन्टी प्लेटफर्म


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख ३ २०७८
  • 6.1K
    SHARES

नेपालमै पहिलोपटक व्यवसायिक बग बाउन्टी प्लेटर्फम ‘बगभी‘ले सेवा थालेको छ । नेपाली युवाहरुको कम्पनी साइनिकल टेक्नोलोजीले साइबर सुरक्षा सेवा सस्तो र सुलभ बनाउने प्रतिवद्धतासहित साइकर सुरक्षात्मक प्लेटर्फम विकास गरेर सार्वजनिक गरेको हो ।

अब विश्वभरका इथिकल ह्याकर तथा साइबर सुरक्षा अनुसन्धानकर्ताले ‘बगभी’मार्फत विभिन्न संस्था, कम्पनी र निकायका सिस्टम तथा सफ्टवेयरमा रहेका जोखिम पत्ता लगाउन सक्नेछन् । त्यसवापत कम्पनीले इथिकल ह्याकरलाई ‘रिवार्ड’ (पुरस्कृत) पनि गर्ने साइनिकल टेक्नोलोजीका संस्थापक नरेश लाम्गादेले बताए ।

नेपालका सूचना प्रविधि सम्बद्ध कम्पनीसहित विभिन्न संस्था र निकायले आफ्नो सिस्टमको सुरक्षात्मक पाटो ढुक्कसँग परीक्षण गराउन पनि सस्तो मूल्यमै पाउने उनको भनाइ छ । पत्ता लगाएका बगलाई मात्र पैसा भुक्तानी गर्नुपर्ने भएकाले सेवा लिने संस्था, कम्पनी र निकायहरुलाई पनि सहज हुने सिनिकलले बताएको छ ।

यसलाई विश्वब्यापी रुपमा प्रयोग हुने प्रोडक्ट बनाउने उद्देश्यले बगभी सार्वजनिक गरिएको संस्थापक लाम्गादेले बताए ।

‘संस्था, कम्पनी र निकायहरुले बग पत्ता लगाउने जिम्मेवारी दिन सक्छन्, बग फेला पारेमा इथिकल ह्याकरले बगभीको प्लेटर्फममार्फत रिपोर्ट गर्न सक्छन्,’ उनले भने, ‘बगको प्रकृतिका आधारमा ह्याकरलाई निश्चित रकमसहितको रिवार्ड गरिनेछ ।’

यसले इथिकल ह्याकरलाई पनि आम्दानी हुने गरी बग पत्ता लगाउने ‘टास्क’ मिल्ने र सेवा लिने संस्था, कम्पनी र निकायहरुले पनि आफ्ना वेबसाइट, सफ्टवेयर लगायतको साइबर सुरक्षा पक्षको कमजोरी सहजै सुधार्ने अवसर पाउने उनले बताए ।

सेवाग्राही कम्पनी तथा संघ संस्थाहरुले बगभीमा सूचीकृत हुन निश्चित शुल्क तिर्नुपर्छ भने बग फेला पारेवापत इथिकल ह्याकर तथा साइबर सुरक्षा अनुसन्धानकर्तालाई आफूले निर्धारण गरेको बगको मूल्य समेत भुक्तानी गर्नुपर्ने हुन्छ ।

बगभीले ईसेवा तथा फोन पेसँगको सहकार्यमा डिजिटल भुक्तानी लिनेछ । इथिकल ह्याकरका लागि बग पत्ता लगाउन हाल विभिन्न कम्पनी तथा संस्था बगभीमा सूचीकृत भइसकेका छन् ।

बगभीका अनुसार सेवाग्राही कम्पनी तथा संघ-संस्थाहरूले आफ्नो प्रडक्ट तथा सफ्टवेयर सिस्टममा भेटिन सक्ने बगको स्वयम् मूल्य निर्धारण गर्न सक्छन् ।  कम्पनीले बगभीको प्लेटर्फममाथि लाइभ ह्याकिङको कार्यक्रम आयोजना गरेरै यो सेवाको सुरुआत गरेको थियो ।

साइबर सुरक्षाको आवश्यकता पर्ने निकाय, कम्पनी, संघ-संस्थालाई निजी तवरको सेवा समेत उपलब्ध गराइनेछ । जसमा उनीहरुले ‘बगभी’मा रहेका व्यवसायिक रुपमा उत्कृष्ट ठहरिएका ह्याकरमार्फत आफ्नो सिस्टममा रहेको सुरक्षा कमजोरी खोज्ने काम गराउन सक्ने छन् ।

हाल बग फेला पारेको अवस्थामा सम्बन्धित कम्पनी तथा प्लेटर्फमसँग सञ्चार गर्ने उपयुक्त माध्यम नहुँदा तथ्यांक र सूचना चुहिने घटना भइरहेको भन्दै लाम्गादेले बगभीले त्यसको समाधान गर्न सक्ने लाम्गादे बताउँछन् ।

साइबर सुरक्षा अनुसन्धानकर्ताहरू भने विश्वभरबाट निःशुल्क रुपमा बगभी प्लेटर्फममा जोडिन सक्छन् । यसरी साइबर सुरक्षा कायम गराउन ह्याकरहरुले नेपालकै बग प्लेटर्फममार्फत बग पत्ता लगाउने प्रतिस्पर्धा गर्नेछन् ।

‘सिस्टम परीक्षण गराउँदा बग नभेटिएर पैसा तिर्न नपर्ने भएकाले सबैले यसको उपयोग गर्न सक्छन्,’लाम्गादे भन्छन्,’यो त इथिकल ह्याकरका लागि मात्रै हैन, यहाँका साइबर असुरक्षाको महसुस गरिरहेका संस्था, कम्पनी र निकायलाई झन ठूलो अवसर हो ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४