Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दुई दिनसम्म हावाहुरी र चट्याङसहित बर्षा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख ३ २०७८
  • 3.2K
    SHARES

काठमाडौं, । आज र भोलि पनि हावाहुरी र चट्याङसहित पानी पर्ने मौसमविदले बताएका छन् ।प्रदेश १ र प्रदेश सातमा यसको बढी प्रभाव पर्ने मौसमविदको भनाइ छ ।

बाँकी प्रदेशका पनि पहाडी भागहरु प्रभावित हुने बताइएको छ ।प्रि–मनसुन सुरु भएकाले आज र भोलि पनि यो सक्रिय नै रहने र यसको प्रभावले अपराह्नपछि हावाहुरी चल्ने, चट्याङ पर्ने र हल्का वर्षाको संभावना रहेको छ ।

प्रि–मनसुनको अवधिमा स्थानीयस्तरमा बादल विकसित भइ गड्याङगुडुङ गर्ने, चट्याङ पर्ने र हल्कादेखि मध्यमखालको पानी पर्ने गर्दछ ।यस्तो क्षणिक अवस्था मनसुनी वायु प्रवेश नगरेसम्म जारी रहन्छ ।

हावा हुरी र चट्याङले मानवीय क्षतिसमेत पु¥याउन सक्ने भएकाले सतर्क रहन र त्यसबाट जोगिने उपाय अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आफ्नो बुलेटिनमार्फत् आग्रह गरेको छ ।हिजो बेलुकीपख काठमाडौं उपत्यकासहितका केही जिल्लाहरुमा पनि हावाहुरी चलेको थियो ।

चट्याङसमेत पर्दा भोजपुर, बागलुङ र स्याङ्जामा एक–एक जना गरी तीन जनाको मृत्यु भएको प्रारम्भिक विवरण आएको छ ।बिहीबार बेलुकी अन्य प्रदेशको तुलनामा प्रदेश १ मा बढी पानी परेको विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४