Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नापीको काम डिजिटलाइज हुनु असाधारण उपलब्धिः प्रधानमन्त्री ओली


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख २ २०७८
  • 2.3K
    SHARES

काठमाडौं, । प्रधानमन्त्री केपी ओलीले मालपोत र नापीको काम डिजिटलाइज हुनु नापी प्रशासनमा असाधारण उपलब्धि भएको दाबी गर्नुभएको छ ।

काठमाडौंमा नापी विभागले गरेको मेरो कित्ता नामक अनलाइन प्रणालीको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले अब मालपोत तथा नापी कार्यालयहरु फेसलेस, पेपरलेस र क्यासलेस भएको जिकीर पनि गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘म अत्यन्तै खुसी व्यक्त गर्न चाहन्छु । यो असाधारण उपलब्धि हो । यी तीन वटा लक्ष्य नापीमा मात्रै हैन, हरेक ठाउँमा बनाउँदै लैजान्छौं ।’

सरकारी कार्यालयहरु डिजिटल बनाउदै लगेको भन्दै उहाँले प्रविधिको विकासका साथै हस्तान्तरण पनि गरिने बताउनुभयो ।

नेपाल ल्यान्ड इन्फरमेसन सिस्टम र मेरो कित्ता प्रणालीको शुरुवातसँगै अब इन्टरनेटको माध्यमबाट घरबाटै नक्शा प्रिन्ट र राजश्व बुझाउन सकिने नापी विभागले जनाएको छ ।

बिहीबारदेखि यो प्रणाली काठमाडौंको कलंकी, डिल्लीबजार र भक्तपुर नापी कार्यालयमा लागू भएको विभागले जनाएको हो ।

लगानी ल्याउने, टेक्नोलोजी विकास गर्ने र टेक्नोलोजी ट्रान्सफर गर्ने कुरामा विशेष जोड दिने भन्दै उहाँले कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्न सके आत्मनिर्भरताको शुरुवात हुने पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४