Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सिंहदरबारभित्रै नायब सुब्बाहरूको आन्दोलन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख २ २०७८
  • 2.7K
    SHARES

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिबाट पास भइ संसद्मा पुगेको संघीय निजामती सेवा ऐन कर्मचारीमैत्री नभएको भन्दै सिंहदरबारभित्र कार्यरत नायब सुब्बाहरू आन्दोलित भएका छन् ।

संघीय निजामती सेवा ऐनमा कर्मचारीको मनोबल घटाउने खालको व्यवस्था भएको तथा ऐनको व्यवस्था अनुसार नायव सुब्बाहरूमाथि अन्याय भएको भन्दै बिहीबार सिंहदबारभित्र काम गर्ने नायव सुब्बाहरूले सिंहदरबार भित्रै प्रदर्शन गरेका हुन् ।

राजपत्र अनङ्कित तृतिय श्रेणीको पदपूर्तिमा ३० प्रतिशत बढुवा कायम गरिनुपर्ने, रिक्त पदहरूमा आन्तरिक प्रतिस्पर्धाबाट पूर्ति गर्नुपर्ने तथा राजपत्र प्रथम र द्धितिय श्रेणीको खुला विज्ञापनमा राजपत्र अनङ्कित कर्मचारीको अनुभवलाई पनि मान्यता दिनुपर्ने माग आफुहरुको रहेको नायब सुब्बा श्रीराम पौडेलले बताउनुभयो ।

प्रस्तावित निजामती सेवा ऐनले कर्मचारीहरूको मनोबल घटाउने मात्र नभई हित विपरित भएकोले उक्त ऐनको विरोधमा शान्तिपूर्ण आन्दोलन गरिएको नायब सुब्बा लक्ष्मीप्रसाद शर्माले बताउनुभयो । प्रस्तावित ऐनमा कर्मचारीमैत्री निजामति सेवा नभएको उहाँको भनाइ छ ।

प्रस्तावित ऐनले कर्मचारीहरूको वृत्तिविकास, सेवा, सुविधा र अवसरहरूलाई कुण्ठित गरिएको आन्दोलनमा सहभागीले बताएका छन् । आन्तरिक प्रतिस्पर्धाबाट बृत्तिविकासको बाटो पाउनुपर्ने उनीहरूको भनाइ छ ।

प्रदर्शनमा उत्रिएका केही नायव सुब्बाहरूलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । प्रहरीले नियन्त्रणमा लिन थालेपछि प्रदर्शनकारीहरूले ‘प्रहरी दमन मुर्दाबाद’ भन्दै नारावाजी समेत गरेका थिए । माग पूरा नभएसम्म आफुहरूको आन्दोलन जारी रहने नायव सुब्बाहरूले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४