Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोनाकहरबीच भक्तपुरमा भव्य रूपमा बिस्का जात्रा मनाइँदै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख २ २०७८
  • 3.5K
    SHARES

भक्तपूर । भक्तपुरमा भव्य रूपमा मनाइने बिस्का जात्रा कोरोनाकहरकाबीच पनि उल्लासमय रूपमा मनाइएको छ । चैत मसान्तमा मनाइने लिङ्गो उभ्याउने जात्राले नयाँ वर्षलाई स्वागत गर्दै हरेक वर्ष मनाइन्छ ।

नालाबाट ल्याइने काठमा नाग नागिनीको चित्रअङ्कित विश्व ध्वज झुण्ड्याएको हलिन्पता सहित लिङ्गो उभ्याएर जात्रा मनाइने गरिन्छ । विधिवत रूपमा नयाँ वर्षकै दिन लिङ्गो ढाल्ने परम्परा छ ।

सन्त्रास मच्याएका नागनागिनीलाई मारेर लिङ्गोको हलिन्पत बनाइ झुन्ड्याएकै कारण प्रत्येक वर्ष भक्तपुरमा नाग नागिनीको स्मृतिमा लिङ्गो उभ्याउने र ढाल्ने जात्राको शुरुवात भएको किम्बदन्तीमा उल्लेख छ ।

पुरानो वर्षको समाप्ति र नयाँ वर्षको सुरुवातलाई जनाउने भएकाले यस जात्रालाई विश्व केतु जात्रा पनि भन्ने गरिन्छ । भैरवनाथ रथ तानेर सुरु हुने जात्रा हरेक वर्ष बैशाख ५ गते पाँचतले मन्दिरस्थित भैरवनाथको रथ तानेर सम्पन्न हुन्छ ।

आठ रात नौ दिन लामो बिस्का जात्राको मुख्य आकर्षण लिङ्गो ठड्याउनु हो । जात्रामा विश्वनाथ भैरव र भद्रकाली विशेष महत्वको भएको इतिहासविद् डाक्टर पुरुषोत्तम लोचन श्रेष्ठ बताउनुहुन्छ ।

सहकाल ल्याउन, प्राकृतिक प्रकोपलाई टाढा राख्न र शत्रु परास्त गर्न मनाइने बिस्का जात्रा भक्तपुरवासीका लागि विशेष महत्त्वको चाड मानिन्छ । कुनै समय राजधानी शहरभरी नै मुल जात्राका रूपमा मनाइने बिस्का जात्रा वर्तमान समयमा केही नेवार बस्तीहरूमा मात्र सीमित भएको छ ।

वर्तमान समयसम्म जात्राको अस्मिता बचाउन भक्तपुरका नेवार समुदायको महत्त्वपूर्ण योगदान छ । अहिलेसम्म संस्कृति बचाइराख्नुमा यहाँका युवाहरूको ऐक्यबद्धता नै मुख्य कारक रहेको स्थानीय युवाहरूको भनाइ छ ।

जात्रा र परम्परागत भोजभतेरको थलो भक्तपुरकोे गरिमा यहाँको जात्रा र परम्परागत रितितिथि नै हो । आफ्नो धर्म, संस्कृतिको रक्षाका लागि सचेत यहाँका स्थानीयहरूले कोरोना भाइरसको परवाह नगरी जात्रामा सहभागी भए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४