Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमालेको एकताको सम्भावना न्यून, नेपाल समूहविरुद्ध कठोर बन्दै ओली


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख २ २०७८
  • 7.7K
    SHARES

काठमाडौं । संस्थापन पक्षलाई चुनौती दिँदै समानान्तर समिति गठन गरिरहेको झलनाथ खनाल–माधवकुमार नेपाल समूहसँग नेकपा एमाले संस्थापन पक्षसँग एकताको सम्भावना सकिएको नेताहरुले बताएका छन् ।

पार्टीभित्र आन्तरिक संघर्षमा जुटेको खनाल–नेपाल पक्षका पछिल्ला अभिव्यक्ति र गतिविधिले गर्दा एकता कायम राख्नुको औचित्य नभएको र त्यसको सम्भावना पनि टरेको निष्कर्ष ओली समूहको छ ।

दोस्रो तहका नेताहरुले एकताका लागि गरिएका कोसिस असफल हुँदै गएपछि दुवैतिरका सम्पर्क सूत्र केही दिनदेखि निराश देखिएका छन् ।

नेपाल पक्षले समानान्तर कमिटी बनाउन थालेपछि उनी दुवै पक्षका विश्वासपात्रको रूपमा रहेका नेताहरूले दुवैतिर सम्पर्क सूत्रको काम गर्दै आएका थिए ।

एमालेभित्रको विवाद विदेशमा रहेका पार्टी कमिटीमा पनि देखिएको छ । खनाल–नेपाल समूहले मुलुकभित्र मात्र नभई विभिन्न १३ देशमा समानान्तर कमिटी घोषणा गरिसकेको छ ।

सो समूहले ६७ जिल्लामा समानान्तर कमिटी घोषणा गरिसकेको छ । ओलीले समानान्तर कमिटी निर्माण गरेर हिँडिरहेका नेपाल पक्षका नेताहरूलाई कारबाहीबारे थप निर्णय लिन वैशाख ६ गते महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउनुभएको छ ।

सर्वोच्च अदालतले फागुन २३ गते नेकपा एमाले र नेकपा माओवादीको एकता खारेज गरी पुरानै अवस्थामा फर्काइदिएपछि तत्कालीन नेकपाभित्रको विवाद एमालेमा सरेको छ ।
एमाले अध्यक्ष ओलीले फागुन २८ गते आफू पक्षीय नेताहरू मात्र बोलाएर विधान संशोधन तथा नेपाल पक्षीय नेताहरूको जिम्मेवारी खोसेपछि विवाद चुलिँदै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४