Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौं र भक्तपुरमा भएका मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख २ २०७८
  • 2.5K
    SHARES

काठमाडौं । काठमाडौं र भक्तपुरमा भएका मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

काठमाडौंको माकलबारीमा बा ७० प ८९८ नम्बरको मोटरसाइकल सडक किनारको पोलमा ठोक्किएर दुर्घटना हुँदा अत्तरखेल बस्ने सिरहाका २२ वर्षीय सोनाम मुखियाको मृत्यु भएको हो ।

नारायणटारबाट माकलबारीतर्फ जाँदै गर्दा उनी गएराति पौने दुई बजेतिर दुर्घटनामा परेका थिए । उनको मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी भक्तपुरको राधेराधे नजिक बा ५३ प ६९३८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा काभ्रेको धुलिखेल नगरपालिका-१० का ३२ वर्षीय महेश शाह ठकुरीको मृत्यु भएको छ ।

बुधबार राति पौने १० बजेतिर सडक किनारको रेलिङमा ठोक्किएर मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा पछाडि सवार ठकुरीको मृत्यु भएको हो । उनको थिमिस्थित मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल चालक २२ वर्षीय महेन्द्र शाह ठकुरीको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी पाँचथरको याङ्बरक गाउँपालिका १ मा ट्याक्टरबाट खसेर परिचालकको मृत्यु भएको छ । बुधबार साँझ साढे ६ बजे प्रदेश १-०१-००१ त ८९६७ नम्बरको ट्याक्टरबाट खसेर फाल्गुनन्द गाउँपालिका ४ का २८ वर्षीय रोशन चेम्जोङको मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४