Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गण्डकीमा सरकार ढल्ने निश्चित, दीपक मनाङेको शरणमा राजिब पहारी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख २ २०७८
  • 5.2K
    SHARES

पोखरा । राष्ट्रिय जनमोर्चाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गरी सरकारविरुद्ध आउने अविश्वासको प्रस्तावलाई समर्थन गर्ने  निर्णय गरेपछि कास्कीमा राजनीतिक चलखेल बढेको छ।

कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्‍बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी थालेका छन्।

अब गण्डकी सरकार ढल्ने लगभग पक्कापक्की भएको छ। । जुन कुराबाट आत्तिएर नेकपा एमालेका प्रदेश सांसद राजिब पहारीले अर्का सांसद राजिब गुरुङ दिपक मनाङेसँग वार्ता गरेका छन् ।

मनाङेसँग वार्ता गरेको कुरा पहारीले सामाजिक सन्जालमार्फत सार्वजनिक गरेका छ्न्।

पहारीले लेखेका छन्, ‘अहिले माननीय सांसद राजिब गुरुङ ज्युसँग बर्तमान समसामयिक राजनैतिक परिस्थितिको बारेमा भलाकुसारि गर्दै।! राजनैतिक घट्नाक्रमको बारेमा उहाँको सु-स्पष्ट दृष्टिकोण र प्रदेशमा राजनैतिक स्थायित्वको निम्ति चट्टानी अडान छ।’

पहारीले मनाङेको चट्टानी अडान के हो भन्ने बारेमा केही खुलाएका छैनन्।

गण्डकी प्रदेशमा सरकार परिवर्तन हुने हल्लासँगै मनाङेले अब एमालेलाई समर्थन नगरी आफुलाई मुख्यमन्त्रीको रुपमा दाबी गरेका छन्। मनाङे स्वतन्त्र सांसद हुन।

राष्ट्रिय जनमोर्चा केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले बुधबार गण्डकी सरकारविरुद्ध ल्याउने अविश्वास प्रस्तावलाई समर्थन गर्ने जनाएएका थिए।

प्रदेशसभाका कुल सांसदमध्ये १ चौथाइ अर्थात् १५ जनाले हस्ताक्षर गरे पनि अविश्वास प्रसताव दर्ता हुन्छ । यता,गण्डकीमा मुख्यमन्त्री कांग्रेसले पाउने अवस्था देखिएको छ।

कांग्रेस संसदीय दलको नेतालाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै बिहीबारै सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता तयारीमा भएको छ । कांग्रेस संसदीय दलको नेता कृष्णचन्द्र नेपाली हुन् ।

गण्डकी प्रदेशसभामा एमाले २७, कांग्रेस १५, माओवादी १२, राजमो ३ र जसपाका २ सांसद छन् । सरकार संचालनका लागि ३१ सांसद आवश्यक पर्नेमा स्वतन्त्रबाट जितेका दीपक मनाङेले अहिलेकै सरकारलाई समर्थन गरिरहेहेका छन् ।

तर, अब  मनाङेले ठूला दलको समर्थन आफूहरूले लिने दाबी गर्न थालेका छन्।

सांसद बन्नु अघिसम्म गुण्डागर्दी र अपराधमा मुछिएका मनाङे सांसद बनिसकेपछि पनि मान्छे कुटेर जेल बसी निस्किएका व्यक्ति हुन।

एन्फा कास्की अध्यक्ष मिलन गुरुङलाई कुटपिट गरेको अभियोगमा मनाङे पक्राउ परी छुटेका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४