Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रातिराति भेष बदलेर हिडेका अर्थमन्त्री विष्णु पौडेल कहाँ बेपत्ता ?


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख १ २०७८
  • 3.5K
    SHARES

काठमाडौं। सरकारका एक जना बरिष्ठ मन्त्री राति–राति बेपत्ता हुनुले राष्ट्रिय राजनीतिमा भित्रभित्रै केही नयाँ कुरा पाक्न लागेको हो भन्ने छनक मिलेको छ ।

बुधबारको जनआस्थामा खबर छ–सरकार र पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहने, उस्तै परे सबैसँग समन्वय गरेर जान सक्ने, परेको खण्डमा सबैसँग छुच्चो बोलेर मान्छे बिच्काउन पनि पछि नपर्ने एक जना मन्त्री जो प्रधानमन्त्री केपी शर्मा ओलीसँग अत्यन्त निकट मानिनुहुन्छ, उहाँको रातको अँध्यारोमा, भूमिगत शैलीमा सुटुक्क निष्कनुपर्ने, कहाँ, के काममा गएको, कति बेला आएको भन्ने पत्तो नहुने अवस्था छ । यसरी वरिष्ठ मन्त्रीलाई गोप्य रुपमा कार्यसम्पादन गर्नुपर्ने के त्यस्तो खण्ड–खातिर आइपुग्यो ? अहिले मुलुकको राजनीतिक सरगर्मी बढिरहेको बेला विपक्षी गठबन्धनका कारण सरकामाथि नै एक खालको संकट उत्पन्न भएको,पार्टी विभाजन पनि हुन हुन लागेको तर भइनसकेको प्राविधिक कठिनाईकै बीच बरिष्ठ मन्त्री घरबाट बेपत्ता हुन थाल्नुभएको छ ।

ती मन्त्री अघिल्लो सोमबार राति आठ बजे सरकारी झण्डावाल गाडीमा पुल्चोक निवास फर्किनु भयो । २५ मिनेटपछि रातो रंगको र्याभफोर गाडी आँगनमा घरको मुल ढोकासँगै सट्ने गरि रोकियो । कालो टोपी र कालो लामो ओभरकोट लगाएर निष्कनु भयो । सेना प्रहरी बिना नै उहाँ नीजि गाडीको पछिल्लो सिटमा दायाँबायाँ हेरेर ढुक्क भएपछि एक्लै चढ्नुभयो ।

मन्त्री निस्किएपछि रोड क्लियर, सुरक्षा खतरा व्यवस्थापनका कामहरु अनिवार्य रुपमा गर्नुपर्ने प्रचलन छ । तर, यो सबै औपचारिकता पुरा नगरी, सुरक्षाकर्मीलाई पनि छलेर मन्त्री अज्ञात गन्तव्यतर्फ लाग्नुभयो । मध्यरात कतिबेला फर्कनुभयो भन्ने कुराको पनि ठेगान भएन ।

यो के मिशन थियो ? प्रधानमन्त्रीकै जानकारीमा हो कि ? भेष बदलेर हिँड्नुपर्ने त्यस्तो बाध्यतामा उहाँ किन पर्नुभयो ? यसरी मध्यरात बेपत्ता हुने गर्नुभएको मन्त्री हुन्– विष्णु पौडेल ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४