Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार मोतीलाल दुगड सुपारी तस्करीमा संलग्न !


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख १ २०७८
  • 7.2K
    SHARES

काठमाडौं । बालुवाटारमा बसेर प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार मोतीलाल दुगड सुपारी तस्करीमा संलग्न भएका छन् ।

हालै उनले आफूनिकट झापाका पाँच जना व्यापारीलाई सुपारी आयात गर्ने अनुमति दिएका छन् । विदेशबाट आयात हुने सुपारी नेपालमा खपत हुने भन्दा बढी भारतमा तस्करी हुने गरेको छ ।

मन्त्रालय स्रोतका अनुसार, यस वर्षको २५ हजार टन सुपारी कोटामध्ये सबैभन्दा बढी झापा बिर्तामोडका प्रदीप मित्तलले १० हजार टन सुपारी आयातको अनुमति पाएका छन् ।

त्यसैगरी गोविन्द सरियाले ५ हजार टन, विराटनगरमा प्रदीपकुमार मुरारका र दिनेश राठीले २ हजार ५ सय टनका दरले आयात अनुमति पाएका छन् ।

मित्तल, सरिया, मुरारका र राठी झापाका सुपारी तस्कर दीपक पोखरेल समूहका हुन् । त्यसमध्ये कोटाको २५ हजारमध्ये २० हजार टन पोखरेलले मात्र पाएको विभागले जनाएको छ ।

सौर्य एअरलाइन्सका सञ्चालक दीपक पोखरेल समूहले विगतदेखि नै इन्डोनेसिया र थाइल्यान्डबाट आयात सुपारी नेपालमा उत्पादित भन्ने नक्कली कागजात र उत्पत्तिको प्रमाणपत्र बनाएर भारततर्फ निर्यात गरेर अर्बौ कमाएका छन् ।

सरकारले चार महिनाका लागि २ करोड २७ लाख किलो सुपारी आयातको कोटा तोकेको छ । जबकि, आर्थिक वर्ष २०७६र७७ मा २९ लाख ६२ हजार किलो मात्रै सुपारी आयात भएको छ । अझ आर्थिक वर्ष २०७५र७६ मा करिब ११ लाख २८ हजार ३ सय ११ किलो मात्रै सुपारी आयात भएको तथ्यांक छ ।आजको दृष्‍टि साप्ताहिकमा खबर छ

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४