Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतमा एकैदिन थपिए एक लाख ८४ हजारभन्दा बढी कोरोना संक्रमित


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख १ २०७८
  • 3K
    SHARES

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का एक लाख ८४ हजार ३७२ जना संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार सो अवधिमा एक हजार २७ संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या एक करोड ३८ लाख ७३ हजार नाघेको छ भने एक लाख ७२ हजार ८५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये महाराष्ट्रमा मात्रै ६० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । त्यस्तै उत्तर प्रदेशमा १७ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ भने छत्तीसगढमा १५ हजार र दिल्लीमा १३ हजारभन्दा बढी संक्रमित थपिएका छन् । भारत अमेरिकापछि विश्वमै सबैभन्दा धेरै कोरोनाबाट प्रभावित मुलुक हो ।

भारतमा कोरोना संक्रमण बढिरहेको भए पनि मेला तथा चुनावी प्रचारजस्ता भिडभाड हुने कार्यक्रम भने रोकिएको छैन । बुधबार भारतको उत्तराखण्डस्थित हरिद्वारमा तेस्रो शाही स्नान चलिरहेको छ । प्रहरी महानिरीक्षक सञ्जय गुन्ज्यालका अनुसार बुधबार बिहानै करिब ६ लाख ५० हजार मानिसहरुले गंगा स्नान गरिसकेका छन् । गंगा स्नान गर्नेको संख्या अत्याधिक भएकाले उनीहरुलाई जनस्वास्थ्यको मापदण्ड पालना गराउन नसकिएको गुन्ज्यालले बताए ।

त्यस्तै भारतका विभिन्न चार राज्यको विधानसभा निर्वाचन प्रचारको क्रममा राजनीतिक दलहरुले आयोजना गरेका सभा तथा र्‍यालीले पनि कोरोना संक्रमण बढाउन सहयोगी भूमिका खेलेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४