Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोनाकालमा यौन दुर्व्यवहार बढ्यो


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र ३१ २०७७
  • 3.9K
    SHARES

 काठमाडौं । कोभिड–१९ नियन्त्रणका लागि भएको लकडाउनको तत्काल असर परेको क्षेत्रमध्ये एक थियो– मनोरञ्जन तथा सत्कार सेवा उद्योग । सरकारले गत वर्षको ११ चैतमा लकडाउन गरेसँगै होटल, रेस्टुरेन्ट, गेस्टहाउस, दोहोरी साँझ, खाजाघर, डान्सबार, मसाज पार्लर क्षेत्रमा कार्यरतमध्ये अधिकांश बेरोजगार बन्न पुगे ।

गत मंसिरबाट विस्तारै चलायमान हुन थालेको यो क्षेत्रमा कोरोना संक्रमणको दोस्रो लहरले अन्योल बढाएको छ । योसँगै यी क्षेत्रमा काम गर्नेहरूमाथि यौन हिंसा बढ्न थालेको छ । न्यून तलब भएकोले ग्राहकको ‘टिप्समा भर पर्नुपर्ने भएकोले उनीहरू सधैं हिंसाको जोखिममा रहेको यो क्षेत्रमा कार्यरत संघ–संस्थाको भनाइ छ ।

महिला तथा बालबालिका बेचबिखनविरुद्ध सहकर्मी समूह, नेपाल (एट्वीन) की कार्यकारी निर्देशक बेनुमाया गुरुङ भन्छिन् त्यसका लागि ग्राहकसँग बसिदिनुपर्ने, सँगै खाइदिनुपर्ने, नाच्नुपर्ने हुन्छ । उनी भन्छिन्, ‘यौन दुर्व्यवहार गर्नेहरूले त्यसैलाई मौका बनाउने गर्छन् ।’

मनोरञ्जन तथा सत्कार क्षेत्रमा नेपालभर करीब आठलाख जना आश्रित छन् । यीमध्ये ७५ प्रतिशतले १० हजार रुपैयाँभन्दा कम तलबमा काम गर्नुपर्छ । तलब कम हुँदा ग्राहकहरूको ‘टिप्स’मा भर पर्नुपर्ने हुन्छ । त्यसका लागि ग्राहकलाई रिझाउनुपर्ने हुन्छ ।

महिला तथा बालबालिका बेचबिखनविरुद्ध सहकर्मी समूह, नेपाल (एट्वीन) की कार्यकारी निर्देशक बेनुमाया गुरुङ भन्छिन् त्यसका लागि ग्राहकसँग बसिदिनुपर्ने, सँगै खाइदिनुपर्ने, नाच्नुपर्ने हुन्छ । उनी भन्छिन्, ‘यौन दुर्व्यवहार गर्नेहरूले त्यसैलाई मौका बनाउने गर्छन् ।’

विश्वास, नेपालका फिल्ड म्यानेजर विष्णु पनेरु यो क्षेत्रका महिला, किशोरकिशोरी र बालबालिकामाथि अहिले यौन दुर्व्यवहार बढेको बताउँछन् । लकडाउनयता १४१ जना यौन दुर्व्यवहारमा परेको तथ्यांक विश्वास नेपालसँग रहेको बताउँदै उनी भन्छन्, ‘व्यक्त नभएकाको संख्या अनुमान मात्र गर्न सकिन्छ ।’

मनोरञ्जन तथा सत्कार क्षेत्रमा कार्यरतहरूमा सबैभन्दा ठूलो समस्या नै कम तलब हो । लकडाउनसँगै त्यो पनि गुमेपछि उनीहरूमध्ये अधिकांश चरम आर्थिक संकटमा परे । विश्वास, नेपालका पनेरु भन्छन्, ‘जसको कारण कतिपय यौन व्यवसायमा लाग्न बाध्य भए ।’पनेरुका अनुसार यो क्षेत्रमा कार्यरतमध्ये ९० प्रतिशत १५–२३ वर्ष उमेर समूहका छन् । १५–१६ वर्षकामध्ये कतिपयले दुर्व्यवहार छुटाउनै नसक्ने उनी बताउँछन् ।

  • जबरजस्ती यौन व्यवसायमा

एक उदाहरण हुन् बबिना लामा (नाम परिवर्तन) । डान्सबारमा काम गरिरहेकी उनी लकडाउन भएको भोलिपल्टै बेरोजगार बनिन् । टिप्स र तलब दुवै रोकिएपछि उनी दुर्व्‍यसनी श्रीमान्‌को कुटपिटमा पर्न थालिन् । ‘अति हुन थालेपछि दैनिक कुटपिटबाट बच्न यौन व्यवसायमा लागें,’ उनी भन्छिन्, ‘गलत हो भन्ने जान्दाजान्दै पनि यौन व्यवसायमा लाग्न बाध्य भएँ ।’

गत माघदेखि उनी डान्सबारमा पनि काम गरिरहेकी छिन् । डान्सबारले दिने नौ हजारले आमाछोरी र सुधारकेन्द्रमा रहेका श्रीमान्लाई लाग्ने खर्च नपुग्ने भएपछि उनी अहिले पनि यौन व्यवसायमा छिन् ।

 

असहाय महिला तथा बालबालिकाको हितमा कार्यरत अर्को गैरसरकारी संस्था शक्ति समूहले लकडाउनपछि काठमाडौं र पोखराका मनोरञ्जन क्षेत्रमा कार्यरतहरूबीच एउटा सर्वेक्षण गरेको थियो । १०० जनामा सर्वेक्षण गर्दा ५१ प्रतिशतले रोजगार गुमाएको र ७८ प्रतिशतले यौन हिंसामा परेको बताएको समूहकी संस्थापक अध्यक्ष चरिमाया तामाङ बताउँछिन् ।

‘साहु, घरबेटी, छिमेकी र परिवारकै सदस्यबाट समेत यौन हिंसा गरेको बताए,’ उनी भन्छिन्, ‘कतिपय साहुले जबरजस्ती यौन व्यवसायमा लगाएको समेत पाइएको छ ।’

अर्को गैर–सरकारी संस्था महिलाका निम्ति महिला मञ्च, नेपालकी अध्यक्ष सिर्जना पुन पछिल्लो समय अनलाइन दुर्व्यवहार भोग्नेको संख्या पनि बढिरहेको बताउँछिन् । ‘फेसबुकको मेसेन्जर, ह्वाट्स एप, इन्स्टाग्रामबाट समेत यौन दुर्व्यवहार हुने गरेको पाइएको छ,’ उनी भन्छिन्, ‘महिलाहरूले भोग्ने यौन हिंसाको माध्यम अनलाइन पनि हुन थालेको छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४