Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

श्रीमतीको हत्या गरी भागेका युवकलाई दुवईमा पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र ३१ २०७७
  • 2.9K
    SHARES

काठमाडौं । श्रीमतीको हत्या गरी युएईको दुवईमा कार्यरत तेह्रथुम आठराई गाउँपालिका–४ तीनसल्ले ठेगाना भएका काजीमान पुरीलाई प्रहरीले पक्राउ गरेको छ ।

ईन्टरपोलबाट रेड नोटिस जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पुरीलाई नेपाल प्रहरीले दुवई नै पुगेर पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

२०७६ मा श्रीमतको हत्या गरी फरार रहेका काजीमानलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास गर्नको लागि नेपाल प्रहरीको नेसनल सेन्ट्रल ब्यूरो काठमाडौंको अनुरोधमा ईन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी गरेर उनको खोजी गरेको थियो ।

खोजी गर्ने क्रममा ईन्टरपोल आवुदावी यूएईको समन्वयमा प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट खटिएको प्रहरीले उनलाई यूएईबाट पक्राउ गरेको हो ।

पक्राउ परेका पुरीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय तेह्रथुम पठाइएको प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४