Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

खोटाङको फर्निचर उद्योगमा आगलागी, ५१ लाखको क्षति


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र ३१ २०७७
  • 4.1K
    SHARES

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको फर्निचर उद्योगमा आगलागी हुँदा झण्डै ५१ लाखको क्षति भएको छ ।

दिक्तलको रत्नपार्कमा सञ्चालित गणेश फर्निचर उद्योगमा मंगलबार बिहान भएको आगलागीमा रु ५० लाख ८६ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । विद्युत चुहावटका कारण आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

बिहान करीब ४ः३० बजेबाट सुरु भएको आगोले उद्योगमा रहेको मेसेनरी सामान, तयारी फर्निचर, काठपातलगायत सबै जलेर नष्ट जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिनुभयो ।

स्थानीय हर्कराज राईको उद्योगमा लागेको आगो नेपाली सेना, जनपथ तथा सशस्त्र प्रहरी, नगरपालिकाको वारुणयन्त्र र स्थानीय वासिन्दाको सहयोगमा दुई घण्टापछि नियन्त्रण्मा आएको थियो । आगो समयमा नियन्त्रणमा लिइएकाले आसपासका घरहरूमा भने क्षति हुन पाएन ।

खोटाङमा चैत महिनामा मात्रै दुई दर्जन बढी घर तथा गोठमा आगलागी भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४