Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देश राष्ट्रिय विकासको लक्ष्य हासिल गर्न सफल हुने परराष्ट्र मन्त्रीको दाबी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र ३१ २०७७
  • 2.6K
    SHARES

काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपालले केही ठूला प्राकृतिक विपत्ति र कोरोना महामारीको बावजुत पनि राष्ट्रिय विकासको लक्ष्य हासिल गर्न सफल हुने दाबी गर्नुभएको छ ।

नेपाल विकास अनुसन्धान प्रतिष्ठानको वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले विपत्ति, महामारीले चुनौती थपे पनि विकासको लक्ष्य भेट्ने बताउनुभयो । नेपालको विकासको सूचकको केही क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहे पनि सन् २०३० को अन्त्य सम्म दीगो विकासका लक्ष्य भेट्टाउने दृढता व्यक्त गर्नुभयो ।

नेपालमा विकास अनुसन्धान प्रतिष्ठान जस्ता संस्थाहरूले नेपालको विकासको सम्भावना र चुनौती पहिल्याउन, सुझाव दिन, नीति निर्माण बनाउन ठूलो भूमिका खेल्न सक्ने पनि बताउनुभयो । नेपालको विकासमा अध्ययन अनुसन्धानको ठूलो महत्व रहेको भन्दै मन्त्री ज्ञवालीले भइरहेको विकासको अडचन फुकाउन पनि यस्ता संस्था सहयोगी हुने बताउनुभयो ।

नेपालले २००४ मा स्थापना गरेको विकास अनुसन्धान प्रतिष्ठानले सरकार र सरकारका विभिन्न निकायलाई नीतिगत सहयोग गर्दै आएको छ । विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरूलाई संस्थागत संरचनामा गोलबन्द गरी विकास निर्माण, योजना तर्जुमा, जलवायु परिवर्तन, गरिबी निवारण, प्राकृतिक विपत्ति न्यूनिकरण जस्ता क्षेत्रमा नीतिगत सुझाव दिँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४