Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आजको राशिफल – Aajako Rashifal


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र ३१ २०७७
  • 10.5K
    SHARES

२०७७ चैत ३१ गते, मंगलवार, १३ अप्रिल २०२१। चैत्र शुक्लपक्ष, प्रतिपदा तिथि (९ः१७ बजेदेखि द्वितीया)। अश्विनी नक्षत्र (१३ः३१ बजेदेखि भरणी)। चन्द्रराशि– मेष।

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

सुन्दर पहिरनले व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। रमाइलो दिन छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। व्यापारमा राम्रो फाइदा हुनेछ। नयाँ साथीभाइ भेटिनेछन्। मित्रता र  प्रेमको बन्धन कसिलाे हुनेछ।

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

समयमा होस नपुग्नाले आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ला। आकस्मिक खर्च बढे पनि यात्राको प्रक्रिया अघि बढाउन सकिनेछ। फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। दिगो आम्दानी हुने काम फेला पार्न सकिनेछ। तर बलजफ्तीले काम बिग्रन सक्छ। 

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। चिताएका काममा अलि बाधा हुनसक्छ। समय लागे पनि मिहिनेत गर्दा काम बनाउन सकिनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। तर समयमा सजग नहुँदा आफ्नो लाभांशबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। आम्दानी मनग्य हुनेछ। आकस्मिक खर्चले धन संग्रहमा अलि बाधा पुग्नेछ। 

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

नयाँ कामले नाम र दाम दिलाउनेछ। कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। व्यवसायमा सोचेको प्रगति हुनेछ। कर्मयोगले मानसम्मान समेत दिलाउनेछ। 

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

चुनौतीभित्र अवसर खोज्ने समय छ। पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ। स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। सामाजिक कामको जिम्मेवारी प्राप्त हुने समय छ। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ।

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्य र अर्थका हिसाबले पनि दिन कमजोर रहनेछ। चिताएको काम बिग्रनाले मनमा निराशा छाउनेछ। गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। अवसरका लागि निकै दौडधुप गर्नुपर्ला। 

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

कामको अवसर प्राप्त भए पनि भेटघाट र शिष्टाचारले अलमल्याउन सक्छ। सम्बन्ध सुमधुर बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला। प्रयत्न गर्दा व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। शुभचिन्तकहरूलाई साथमा लिएर काममा जुट्नुहोला, पेसातर्फ महत्त्वाकांक्षी योजना थालनी हुने समय छ।

वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ। ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा सफलता दिलाउनेछ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुनेछ। 

धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। परिस्थिति सोचेजस्तो नहुनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। विभिन्न अवसर प्राप्त भए पनि कामको मेसो नमिल्दा अलि पछि परिनेछ। अरूका लागि बुद्धि खर्चनुपर्ला। स्वास्थ्य कमजोर रहनेछ। सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला। पहिलेको कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। 

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

परिस्थितिअनुसार चल्न नसक्ता दु:ख पाइनेछ। सानातिना काममा अलमलिनाले मुख्य काम राेकिन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। आवेशको व्यवहार र सानो असमझदारीले आफन्तजन टाढिन सक्छन्। निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला। निर्णय लिएर पनि समयमा काम नगर्ने बानीले पछि परिनेछ। 

कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्।

मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

अध्ययनमा समय दिन नसकिए पनि ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नेछ भने मौका पर्खंदा अप्ठ्यारो स्थितिमा सुधार आउनेछ। अर्थ उपार्जनका केही स्रोत फेला पर्नेछन्। द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। वादविवादले आँटेका काममा केही बाधा पनि पुर्याउनेछ। छिद्र खोतल्नेहरूबाट सावधान रहनुहोला।

# नेपाली पात्रोबाट साभार गरिएको
#
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४