Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल र भारतको संयुक्त टोली महाकाली तटबन्धको निरीक्षणमा, सीमा सन्धि पालना गर्न नेपालको आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र ३० २०७७
  • 1.9K
    SHARES

काठमाडौं,  । महाकाली नदीमा भारतले एकतर्फी रुपमा बनाइरहेको तटबन्धको दुबै देशको प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेका छन् ।

दुबै देशबाट पाँच/पाँच सदस्यीय नापी प्राविधिकको टोलीले भारतले बनाइरहेको तटबन्धको निरीक्षण गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । भारतले एकतर्फी रुपमा नदीको धार परिवर्तन हुने गरी नेपालकै भूमिमा तटबन्ध निर्माण गरिरहेको विषयमा सञ्चारमाध्यमदेखि संसदसम्म आवाज उठेपछि नेपाल सरकारले निरीक्षणका लागि टोली पठाएको हो ।

दुबै देशको प्राविधिक टोलीले संयुक्त निरीक्षण गर्दै पर्खाल ठीक ढङ्गले बनेको छ कि छैन, पर्खालका कारण नेपालतर्फ क्षति हुन्छ कि हुँदैन, अन्तर्राष्ट्रिय सीमा सन्धिअनुसार निर्माण भएको छ कि छैन भन्ने विषयमा छलफल गरेको बताइएको छ । दुबै देशको टोलीले स्थलगत निरीक्षण गरेकोले प्राविधिक टोली फर्किएपछि थप जानकारी प्राप्त हुने सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो ।

नेपाली पक्षसँग समन्वय नै नगरी सीमाक्षेत्रमा निर्माण भइरहेको तटबन्धको काम रोक्न जिल्ला प्रशासन कार्यालयले पटक पटक पत्राचार गरे पनि भारतले बेवास्ता गर्दै तटबन्ध निर्माणको काम अघि बढाएको थियो  भारतले महाकालीमा एकतर्फी रुपमा पर्खाल लगाएर नेपालतर्फको भूमि जोखिममा पर्दा पनि सरकार मौन रहेको भन्दै संसदमा समेत सरकारको आलोचना भएको थियो ।

त्यसपछि सरकारले नापी विभागका प्रमुख नापी अधिकृतको संयोजकत्वमा टोली बनाएर अध्ययन गर्नुका साथै पछिल्लो समय प्राविधिक निरीक्षणका लागि टोली पठाएको हो ।दार्चुलाको महाकाली नगरपालिका–५, गल्फै क्षेत्रमा भारतले महाकाली नदीको बहावलाई असर पर्ने गरी नेपाली भूमिमै तटबन्ध निर्माण गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४