Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रस्तावित न्यायाधीश सुवेदीविरुद्धको रिट सर्वोच्चद्वारा खारेज, ४ गते संसदीय सुनुवाइ हुने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र ३० २०७७
  • 2.6K
    SHARES

काठमाडौं । सर्वोच्च अदालतले सर्वोच्चका प्रस्तावित न्यायाधीश नहकुल सुवेदीविरुद्ध दायर भएको रिट खारेज गरेको छ ।

न्यायाधिश तेज बहादुर केसीको एकल ईजलासले न्यायाधीश नहकुल सुवेदीको योग्यतामा प्रश्न उठाउँदै दायर गरेको रिटमा सुनुवाइ गर्दै रिट खारेज गरेको हो । यो सँगै न्यायाधीश सुवेदीलाई सर्वोच्चको न्यायाधीश बन्ने बाटो खुलेको छ ।

चैत १३ गते वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्चको न्यायाधीशमा प्रस्तावित सुवेदीको संविधान अनुसार योग्यतानै नपुगेको भन्दै न्यायरिषद्को निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

तर, सर्वोच्च अदालतले सर्वोच्चको न्यायाधीशको लागि सुवेदीको योग्यता पुग्ने व्याख्या गर्दै रिट खारेज गरिदिएको छ । न्यायापरिषद्ले सुवेदीलाई फागुन २८ गते न्यायाधीशका लागि सिफारिस गरेको थियो ।

यस्तै सिफारिस गरिएका न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया चैत ४ गतेदेखि सुरु भइसकेको छ भने बैशाख ३ गते संसदीय सुनुवाइ समितिले संसदीय सुनुवाई गर्ने तय भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४