Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘तिम्रो समर्थन चाहिएको छैन, फिर्ता लैजाउ’– प्रधानमन्त्री ओली


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र ३० २०७७
  • 4K
    SHARES

काठमाडौं, । प्रधानमन्त्री केपी ओलीले आफूलाई माओवादीको समर्थन नचाहिएको भन्दै फिर्ता लैजान चुनौति दिनुभएको छ ।

काठमाडौंमा गरिएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो राजिनामा मागेकोमा आपत्ति जनाउँदै भन्नुभयो, ‘मेरो सरकार बहुमतको हो । जुन सरकारसँग बहुमत छ, उसले किन राजिना दिने ?’

उहाँले थप्नुभयो, ‘समर्थन फिर्ता लैजाउ । किन समर्थन गरिहेको ? बहुमतको सरकारले किन राजिनामा दिने । चाहिएको छैन तिम्रो समर्थन । फिर्ता लैजाउ ।’

माधव नेपालले पार्टी फुटाउन खोजेको आरोप लगाउँदै ओलीले माधव नेपालले अब कहिँबाट चुनाव जित्न नसक्ने ठोकुवा गर्नुभयो ।

नेपालले टिकट त बाँड्लान् तर एक जना पनि जित्दैनन् भन्दै उहाँले भन्नुभयो, ‘टिकट त बसपार्कमा बाँढेको बाढ्यै छ नि । माधव नेपालले टिकट बाँढ्न सक्नुहुन्छ तर सांसद एक जना पनि बनाउन सक्नुहुन्न । आफै जित्नुहुन्न ।’

आत्मालोचना गरेर आउन आग्रह गर्दै उहाँले भन्नुभयो, ‘गल्ती महशूस गरेर आउनुस् । बिना भेदभाव काम गर्न दिन्छु । तर गूटबन्दी हुँदैन चल्दैन । समूहगत रुपमा कुरा गरिन्न । व्यक्तिगत रुपमा व्यवहार गरिन्छ । माधव नेपालजी पार्टीमा आएर काम गर्छु भन्नु हुन्छ भने काम गर्नुस् । तर आत्मालोचना गरेर मात्रै ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४