Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपत्यकाव्यापी धिमेबाजा प्रतियोगिता सम्पन्न भक्तपुरका धिमे खल: प्रथम र द्वितीय


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र ३० २०७७
  • 4.4K
    SHARES

मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिकाको सहकार्यमा ओस्ला नेपालको आयोजनामा भएको उपत्यकाव्यापी खुल्ला धिमेबाजा प्रतियोगितामा कमलविनायक भक्तपुरको लूज: धिमे खल: प्रथम,भक्तपुरकै दत्तात्रय धिमे खल: द्वितीय, सूर्यविनायक नपा-१ को सिरुटार धिमे खल: तृतीय र मध्यपुर थिमिको जात्राया मालिक श्री ३ विष्णुवीर धिमे खल: (रातो) सान्त्वना भएका छन्।

शनिबार बालकुमारी परिसरमा भएको निकै भव्य कार्यक्रममा प्रतिस्पर्धा गरेका ३१ धिमे खल:मध्ये उत्कृष्ट चार खल: निकै थोरै अंकका अन्तरले विजयी भएका थिए। प्रथम स्थान हासिल गरेको खल:लाई १५ हजार नगद पुरस्कारका साथमा शिल्ड, पदक र प्रमाणपत्र प्रदान गरिएको थियो।

त्यसै गरी द्वितीयले १० हजार नगद, शिल्ड, पदक र प्रमाणपत्र र तृतीयले ५ हजार नगद, शिल्ड, पदक र प्रमाणपत्र पाएका थिए भने सान्त्वना स्थान पाएको खल: लाई शिल्ड, पदक र प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा मध्यपुर थिमिका मूर्तअमूर्त सांस्कृतिक सम्पदा जीर्णोद्धार एवं पुनर्निर्माण गरी संरक्षण एवं प्रवर्द्धन गरेबापत एसियन टाउनस्केप अवार्ड प्राप्त गर्न सफल भएकोमा मध्यपुर थिमि नगरपालिका र नगरपालिका प्रमुख, कला संस्कृतिको उत्थानमा योगदान गर्नुभएका मध्यपुर थिमिका धिमे गुरु जगतकृष्ण चन्छिक: श्रेष्ठ र नाय् खिं(नायो खिं) बाजा गुरु ओमनाथ जगुलु श्रेष्ठका साथै अन्तर्राष्ट्रिय युवा उद्यमी पुरस्कार प्राप्त गर्नुभएका संचारकर्मी ऋषिकेश श्रेष्ठलाई हार्दिक बधाईका साथ सम्मान गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख मदनसुन्दर श्रेष्ठले ओस्ला नेपालले गरेका सामाजिक कार्यको प्रशंसा गर्नुभयो। साथै उहाँले नगरपालिकामा भएका र भइरहेका विभिन्न विकास कार्यहरूबारे चर्चा गर्दै ऐतिहासिक मौलिक बिस्का जात्रा सभ्य र भव्य तरिकाले एकआपसमा रमाइलो गर्दै मनाउन आग्रह गर्नुभयो।

विशेष अतिथि नगर उपप्रमुख अन्जना देवी मधिकर्मीले नगरपालिकाले सामाजिक कार्य र विकास कार्यका लागि सबैलाई सहयोग गर्ने बताउनुभयो। ४ नम्बर वडाका अध्यक्ष कुमार श्रेष्ठले बिस्का जात्रा हेर्न आउने जात्रालुलाई अबिर नदली आफूआफूमा नियंत्रित र सभ्य भएर हर्ष र उल्लासका साथ जात्रा मनाउनु पर्नेमा जोड दिनुभयो। संस्थाका अध्यक्ष राजेश श्रेष्ठ ओस्ला नेपालका गतिविधिबारे चर्चा गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४