Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

डीडीसीको गन्हाएको दूध बजारमा, महानिर्देशक नै बेखबर


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र ३० २०७७
  • 3.7K
    SHARES

काठमाडौँ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षक ईश्वर सुवेदीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) को दूध दिनहुँजसो उपभोग गर्छन् । यसका उत्पादन विश्वासिलो भएकै कारण आफ्नो रोजाइमा परेको उनको भनाइ छ ।

गत मंगलबार भने सुवेदीलाई डीडीसीको दूधमा शंका लाग्यो ।

‘चिया खाँदा अस्वाभाविक गन्ध आयो । शंका लागेर कार्यालय जाँदा दूध लिई गएँ । थप नमुना संकलन गरेर परीक्षण गर्न दिएँ,’ सुवेदीले भने, ‘कार्यालयमा पनि दूधमा गन्ध आएको, पकाउँदा अमिलो भएको भन्दै दुई–तीन जनाले फोनमै गुनासो गरे । लगत्तै दुई जना ५० र १०० एमएल दूध बोकैर खाद्यमा आए ।’ सर्वसाधारणको गुनासो आएपछि खाद्य निरीक्षक सुवेदीले डीडीसीका काठमाडौं दुग्ध वितरण आयोजना प्रमुख नीलकण्ठ गौतमलाई फोन गरे । तर गौतमले दूधमा भएको गन्धको सन्दर्भमा जानकारी दिन मानेनन् । सूचना अधिकारीमार्फत जानकारी लिन आग्रह गरे ।

त्यसपछि सुवेदीले डीडीसीका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीलाई फोन गरे । ‘पानी बालाजु औद्योगिक क्षेत्रले आपूर्ति गरेको र त्यसमा क्लोरिनको मात्रा बढी भएकाले गन्ध आएको राजेन्द्र अधिकारीले जानकारी गराउनुभयो, थप स्पष्ट पार्ने गरी लिखित रूपमा खाद्य विभागमा जानकारी गराउन भनेको छु,’ सुवेदीले भने । बालाजु औद्योगिक क्षेत्रले वितरण गरे पनि पानीको गुणस्तर हेर्ने दायित्व डीडीसीकै हो । डीडीसीले धूलो दूधमा पानी प्रयोग गर्नुअघि परीक्षण गर्नुपर्थ्यो । ‘त्यो काम डीडीसी परियोजनाकै थियो,’ सुवेदीले भने, ‘त्यही भएर लिखित जानकारी मागेको छु ।’ दूधमा सोडा, फ्याट, एसएनएफ, आयतनको परिमाणलगायत परीक्षण गर्न दिइएको सुवेदीले जानकारी दिए । त्यसको परीक्षण रिपोर्ट भने आइसकेको छैन । सुवेदी त यहाँ प्रतिनिधि उदाहरण मात्र हुन् ।

डीडीसीको दूधमा आएको गन्धबारे गत मंगलबार सामाजिक सञ्जालमा चर्चासँगै हेलो सरकारमा पनि उजुरी परेको थियो । डीडीसीमै पनि व्यापक गुनासो आएको थियो । खाद्य निरीक्षक सुवेदीले अनौपचारिक रूपमा गुणस्तर परीक्षण गरे पनि खाद्यकै महानिर्देशक उपेन्द्र राय भने यस विषयमा बेखबर छन् ।

डीडीसीको दूधका विषयमा आफूलाई केही जानकारी नभएको उनी बताउँछन् । ‘डीडीसीको दूधका विषयमा उजुरी परेको छैन । उजुरी परेको भए प्राविधिक कारण पनि हेरिन्थ्यो । त्यस्तो समस्या छैन,’ रायले भने ।

डीडीसीका कर्मचारी भने दूधमा लापरबाही नै भएको स्विकार्छन् । डीडीसीमा व्यापक गुनासो भए पनि यस विषयमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय एवं डीडीसीकै बोर्डले चासो दिएका छैनन् । छानबिन नगर्ने र विकृतिलाई गुपचुप राख्ने प्रवृत्तिले उत्पादनको गुणस्तर खस्किँदै गएको बताइएको छ । ‘डीडीसीमै व्यापाक उजुरी पनि परेको छ । तर हाकिमहरू संवेदनशील भएनन्, उनीहरूले निगरानी पनि गरेनन्,’ डीडीसी स्रोतले भन्यो, ‘कारबाही नहुँदा गल्ती गर्ने कर्मचारीको मनोबल बढ्दो छ ।’

कान्तिपुर दैनिकमा खबर छ

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४