जनकपुरधाम । प्रदेश २ मा नेकपा माओवादी केन्द्रले चारजना सांसदलाई बर्खास्त गरेको छ ।
चारजना सांसदलाई बर्खास्त गरेको पत्र नेकपा माओवादी केन्द्रले प्रदेश सभालाई बुझाएको छ । पार्टीले बर्खास्त गरिसकेको भनी पत्र बुझाइसकेको सभामुख सरोजकुमार यादवले जानकारी दिए ।
प्रदेशमा माओवादीका ११ जना सांसद रहेकोमा ४ जना बर्खास्तीमा परेपछि अब ७ जना सांसदमात्रै रहने भएका छन् ।
बर्खास्तीमा परेकामध्ये मण्डल पार्टी एकीकरण हुनुअघि माओवादीका संसदीय दलका नेतासमेत थिए ।