Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नयाँ वर्ष मनाउन फर्किनेको लर्काे : कारोना बढ्ने खतरा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र २९ २०७७
  • 4.8K
    SHARES

कञ्चनपुर । देशमा रोजगार नपाएपछि युवा रोजगारीका लागि विदेशिनु बाध्यता हो । अहिले कञ्चनपुरको सिमानाका गड्डा चौँकीबाट रोजगारी गरेर नयाँ वर्ष मनाउन घर फर्किनेको लर्को लागेको छ ।

तर, नयाँ वर्ष मनाउन घर फर्किनेहरुको व्यथा शब्दमा भन्न सकिँदैन । एकातिर कोरोनाको सन्त्रास त अर्कातिर व्यवसायीको चर्काे भाडाको मारमा फर्किनेहरु परेका छन् ।

नयाँ वर्षमा परिवारसँगै बसेर सुःख, दुःख साटासाट गर्न भारतको बैंगलोरबाट नयाँ वर्ष मनाउन आएका गंगाराम धमाला बताउछन् । एकातिर कोरोनाको सन्त्रास र अर्काेतर्फ भारतका यातायात ब्यवसायीले चर्को भाडासमेत असुल गरेको उनले बताए ।

अहिले भारतमा कोरोना सक्रमण बढ्दो छ । त्यसो त भारतबाट फर्किने नेपालीमा अहिले कारोना सक्रमण देखिएकाले गड्डाचौकी सिमानाकामा फर्किने नेपालीको स्वास्थ्य परीक्षण सामान्य रुपमा भएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनार भन्छन्, ‘सामान्य स्वास्थ्य चेकजाच गरी नेपाल भित्राइएको छ ।’

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक उमा प्रसाद चर्तुवेदीले सीमानाकामा भारतबाट फर्किने नेपालीलाई गन्तव्यसम्म सुरक्षित पुर्याउनका भारतीय सुरक्षाकर्मीसँग सम्पर्क गरिरहेको बताएका छन् । उनका अनुसार फर्किएकाहरुको स्वास्थ्य चेकजाँचका हेल्प डेस्कसमेत स्थापना गरिएको छ ।

भारतमा बढ्दै गइरहेको कोरोना सक्रमणलाइ मध्यनजर गर्दै नेपाल सरकारले पनि सीमामा कोरोना संक्रमण छ कि छैन्ने भन्नेमा एन्टिेजन परीक्षणको संख्यालाई बढाउनुपर्ने देखिएको छ । यसो गरिएको खण्डमा लुकीछिपी नेपाल प्रवेश गर्नेहरुलाई प्राथमिक रुपमै नियन्त्रणमा लिएर कोरोना संक्रमणबाट टाढा रहन सकिने स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख सुनार बताउछन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४