Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फुटको संघारमा एमाले : ऐन बाधक हुँदा फुट्न नसकेको विश्लेषकको टिप्पणी


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र २८ २०७७
  • 5.3K
    SHARES

काठमाडौं । सत्तारुढ एमालेका अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल समूह आ–आफ्नो संगठनात्मक गतिविधिमा समय खर्चिन थालेपछि पार्टी फुटको जोखिममा पर्दै गएको छ । पार्टी एकताकै पक्षमा रहेको दाबी गर्दै दुवै समूह आ–आफ्ना निर्णयहरूमा अडिग देखिनुले एमालेभित्र तत्काल मिलनविन्दु भेटिने संकेत देखिदैँन ।

पार्टी अध्यक्ष ओली एमालेको पूर्ववत अवस्थामा फर्किन नचाहनु, पार्टीको सम्पूर्ण अधिकार आफूमा निहित गर्नु, असन्तुष्ट नेताहरूलाई पार्टीबाट निलम्बन गर्नु लगायतका गतिविधिले संस्थापन र इतर पक्षको दूरी झनै बढाएको छ ।

त्यसैको बहानामा नेपाल–खनाल समूह दुई महिने पार्टी सुदृढीकरण अभियान थाल्दै ओलीबाट अलग हुन चाहेको संकेत स्पष्ट पार्दै गएको देखिन्छ । एक साता अघि मात्र संस्थापन पक्षले नेपालसहित चार नेतालाई गरेको कारबाहीबाट रुष्ट बनेका माधवकुमार नेपाल ओलीको दास हुन नसक्ने तर संगठित भएर विरोध गर्ने बताउनुहुन्छ ।

पार्टी एकता गम्भीर संकटमा पारेको भन्दै दुवै समूह एक–अर्काप्रति दोषारोपणमा व्यस्त छन् । ओलीलाई एक्लो बनाउन नसक्दा नेपाल समूह एमाले विभाजनको प्रयासमा रहेको ओली पक्षीय एमाले नेता कर्णबहादुर थापाको आरोप छ ।

यता, राजनीतिक विश्लेषक आनन्दराम पोखरेल आफ्नो राजनीतिक भविष्य सुरक्षित बनाउन नेताहरू आन्तरिक द्वन्द्वमा फस्नुले तत्काल पार्टीमा मिलनविन्दू भेटिने संभावना टाढिँदै गएको टिप्पणी गर्नुहुन्छ । प्राविधिक र ऐनका कारणले मात्र पार्टी फुट्न रोकिएको उहाँको तर्क छ ।

पार्टीको सुदृढ एकता र विधानसम्मत सञ्चालनका लागि एक जुटको प्रयासभन्दा बढी एक अर्कालाई खुइल्याउने सोच बढ्दै जाँदा एमालेभित्रको संकटले सहजै निकाश पाउने सम्भावना कम देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४