Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पत्रकार महासंघ पर्साका नव निर्वाचित पदाधिकारी सम्मानमा पनि राजनीति !


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र २८ २०७७
  • 7.2K
    SHARES


वीरगन्ज (पर्सा) । पर्साको कालिकामाई गाउँपालिकाले आयोजना गरेको नेपाल पत्रकार महासंघ पर्सा शाखाका नव निर्वाचित पदाधिकारी सम्मान कार्यमा पनि राजनीतिकरण गरेको छ ।गाउँपालिकाले वीरगन्जमा आयोजना गरेको नव निर्वाचित पदाधिकारीलाई सम्मान कार्यक्रममा पार्टीगत पदाधिकारीहरुलाई मात्रै सम्मान गरेको हो ।

महासंघ पर्सा शाखाको निर्वाचनबाट १८ जन पदाधिकारीहरु निर्वाचित भएका छन् ।जसमध्ये गाउँपालिकाले नेकपा एमाले निकट प्रेस चौतारीबाट निर्वाचित १५ जना पदाधिकारीलाई मात्रै सम्मान गरेको हो । राजनीतिक दलका नेता कार्यकर्ताहरुले जनताहरुलाई उल्लु त बनाइरहेका छन् नै । तर, गाउँपालिकाले राज्यको चौथो अंग मानिने सञ्चारकर्मीमाथि पनि राजनीतिकरण गर्न थालेको छ ।

वीरगन्जमा आयोजिन कार्यक्रममा कालिकामाई गाउँपालिका प्रमुख नथुनी कुशवाहाले पत्रकार महासंघ पर्सामा निर्वाचित १८ जना पदाधिकारीमध्ये १५ जनालाई मात्रै सम्मान गरेको छ । तीन जना अर्को प्यानलबाट विजयी भएको कारण उनीहरुलाई सम्मान कार्यक्रममा सरिक गराइएन् ।



नेपाली कांग्रेस निकट प्रेस युनियन, प्रचण्ड र माधव नेपाल निकट प्रेस संगठन, जसपा निकट प्रेस मञ्च र मधेशी पत्रकार समाजको गठबन्धनबाट निर्वाचित ३ जना कार्य समितिका सदस्यलाई सम्मान कार्यक्रमबारे जानकारी समेत गराइएको छैन् ।नेकपा एमाले निकट प्रेस चौतारीबाट निर्वाचित महासंघको पदाधिकारी तथा सदस्यहरुलाई मात्र सम्मान गर्नुले गाउँपालिकाले पनि भेदभाव गरेको पुष्टि हुन्छ । संयुक्त गठबन्धनबाट महासंघको सदस्यमा निर्वाचित अजय चौरसियाले आफूलाई सम्मान कार्यक्रमबारे कुनै जानकारी नभएको बताए ।

यस्तै गठबन्धनबाटै सदस्यमा निर्वाचित नरेश सर्राफ र अमित अग्रवालले पनि गाउँपालिकाले वीरगन्जस्थित होटल पुजनमा आयोजना गरेको सम्मान कार्यक्रमबारे जानकारी नभएको बताए । सम्मान कार्यक्रमको तस्विरहरु सामाजिक सञ्जालमा सार्वजनिक भएको देख्दा सम्मान कार्यक्रमबारे थाहा भएको उनीहरुको भनाइ छ ।

यसैगरि सम्मान कार्यक्रममा केन्द्रीय पार्षद् र प्रदेश पार्षदमा निर्वाचित भएका पदाधिकारीहरुमाथि पनि गाउँपालिकाले भेदभाव गरेको छ । केन्द्रीय परिषद् सदस्य एवं प्रदेश परिषद् सदस्यमा निर्वाचित पदाधिकारीहरु मध्ये प्रेस चौतारीबाट निर्वाचित मात्रै पदाधिकारीहरुलाई मात्रै सम्मान गरिएको छ ।

गठबन्धनबाट निर्वाचित प्रदेश परिषद् सदस्यलाई कार्यक्रमबारे जानकारी समेत गराइएको छैन । पार्टीका कार्यकर्ताहरुलाई नै सम्मान गर्नुपर्ने थियो भने नेपाल पत्रकार महासंघको नाम जोडेर सम्मान गर्नुले पत्रकारिता क्षेत्र पनि स्वतन्त्र नरहेको पुष्टि भएको छ ।

पर्सामा रहेको केही सञ्चारकर्मीहरुको योजनामा सञ्चालित सञ्चारकर्मीहरुको गठबन्धनहरु नभई पार्टीको कार्यकर्ता भर्ती केन्द्र बनाएका छन् । आफूले गरेको भ्रष्टाचार ढाकछोप गर्नका निम्ति गाउँपालिकाका जनप्रतिनिधिले आफ्नो निकट पार्टी नेतृत्वका सञ्चारकर्मीहरुलाई सम्मान गरेको देखिन्छ ।

बेला बखत कालिकामाई गाउँपालिकामा भएको भ्रष्टाचारबारे सार्वजनिक भइरहेको अवस्थामा त्यसलाई ढाकछोप गर्नका निम्ति आफ्नो पार्टी निकट पत्रकारहरुलाई सम्मान गरेको टिका टिप्पणी हुन थालेको छ ।

पत्रकार सम्मान कार्यक्रम बारे आफूलाई थाहा नभएको गाउँपालिकाका उपाध्यक्ष राजेश चौरसियाले वताए । वीरगन्जस्थित पुजन होटलमा कार्यक्रम चलिरहदाँ आफू गाउँपालिका कार्यालमा रहेको वताउँदै आफूलाई सम्मान कार्यक्रमबारे जानकारी नरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४