Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वायु प्रदूषणमा केही सुधार, तर काठमाडौं अझै विश्वका प्रदूषित शहरकाे पहिलो स्थानमै


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र २८ २०७७
  • 2.5K
    SHARES

काठमाडौं । केही दिन अघिसम्म काठमाडौंसहित देशका विभिन्न ठाउँमा बढेको वायु प्रदूषणमा केही सुधार भएको छ । गएराति देशभर हावाहुरीसहित हल्का पानी परेसँगै वायु प्रदूषण केही मात्रामा घटेको हाे ।

गएराति काठमाडौंमा पनि फाट्टफुट्ट पानीसँगै हावाहुरी चलेको थियो । शनिबार बिहानदेखि माैसम खुलेकाे देखिए पनि वायुप्रदूषणमा उल्लेख्य सुधार भने हुन सकेकाे छैन । वायु प्रदूषण मापन गर्ने आइक्युएअर डटकमका अनुसार हाल काठमाडौंको एक्यूआई १ सय ६६ रहेको छ र विश्वका प्रदूषित प्रमुख शहरहरूकाे सूचीमा पहिलाे स्थानमै रहेकाे छ । जुन अस्वस्थ वायु प्रदूषणकै तहमा रहेको आइक्युएअरले जनाएको छ । तर याे अस्तिकाे भन्दा निकै सुधार हाे । एक्यूआई ३०० भन्दा बढी हुनु स्वास्थ्यका लागि खतरनाक मानिन्छ ।

केही दिन अघि ४७० एक्यूआईसम्म पुगेको काठमाडाैँकाे वायु प्रदूषणले विशेष गरेर वृद्धवृद्धा, बालबालिका र श्वासप्रश्वाससम्बन्धी समस्या भएका दीर्घ रोगीहरूलाई अझै पनि असर गर्न सक्ने चिकित्सकहरु बताउछन् । चिकित्सकहरुका अनुसार घरबाट बाहिर निस्कन परेमा मास्क लगाउनु अनिवार्य छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४